एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ। डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकहरूले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमहरूबाट समेत आफ्ना डिसहोम सेवाहरू नवीकरण गर्न सक्नेछन्। डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्पहरू विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल गरिरहेको डिसहोमले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
तिहारको फूल दशैँमा फुलेपछि [फोटोफिचर]
तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । ...

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ...

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको... ...

पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट
काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट भएका हुन्। अनिलले अहिलेसम्म ३ विकेट लिएका... ...


