Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति

एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति

Share:WhatsAppFacebookX (Twitter)Telegram
एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति

अमेरिकी दूरसञ्चार कम्पनी एटीएन्डटीले तेस्रो त्रैमासिकमा आम्दानी र नाफा बजारको अनुमानभन्दा बढी भएपछि सन् २०२६ को वार्षिक समायोजित नाफाको प्रक्षेपण बढाएको छ। कम्पनीले इन्टरनेट र मोबाइल सेवा एउटै प्याकेजमा उपलब्ध गराएर ग्राहक टिकाउने र प्रतिस्पर्धी कम्पनीतर्फ जाने क्रम घटाउने रणनीति अघि बढाएको छ। कम्पनीका अनुसार एटीएन्डटीको इन्टरनेट सेवा लिने घरपरिवारमध्ये करिब ४३ प्रतिशतले मोबाइल सेवा पनि लिने गरेका छन्। एउटै कम्पनीबाट दुवै सेवा लिने ग्राहक बढ्दा कम्पनीसँगको सम्बन्ध बलियो हुने र सेवा छाड्ने ग्राहकको संख्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एटीएन्डटीले अब सन् २०२६ का लागि प्रतिशेयर समायोजित नाफा करिब २.४० अमेरिकी डलर हुने अनुमान गरेको छ। यसअघि कम्पनीले प्रतिशेयर २.२५ देखि २.३५ डलरसम्म नाफा हुने प्रक्षेपण गरेको थियो। रोयटर्सका अनुसार तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.३ प्रतिशतले बढेर ३२ अर्ब ३० करोड डलर पुगेको छ। विश्लेषकहरूले ३१ अर्ब ६९ करोड डलर आम्दानी हुने अनुमान गरेका थिए। त्यस्तै, प्रतिशेयर समायोजित नाफा ६५ सेन्ट पुगेको छ, जुन विश्लेषकहरूको ६० सेन्टको अनुमानभन्दा बढी हो। यस अवधिमा कम्पनीले मासिक बिल तिर्ने ३ लाख ७९ हजार नयाँ मोबाइल ग्राहक थपेको छ। त्यस्तै, फाइबर इन्टरनेटका ४ लाख ४२ हजार र फिक्स्ड वायरलेस इन्टरनेटका ३ लाख २७ हजार नयाँ ग्राहक थपिएका छन्। एटीएन्डटीले उच्च गतिको इन्टरनेटको बढ्दो माग पूरा गर्न फाइबर नेटवर्क विस्तारमा लगानी बढाएको छ। गत महिना कम्पनीले फाइबर र केबल आपूर्तिका लागि कर्निङसँग ३ अर्ब डलरभन्दा बढीको बहुवर्षीय सम्झौता गरेको थियो। सन् २०२५ को मेमा कम्पनीले लुमेनको उपभोक्ता फाइबर व्यवसाय ५ अर्ब ७५ करोड डलरमा खरिद गर्ने सम्झौता पनि गरेको थियो। यसैबीच, मेक्सिकोको मोबाइल व्यवसाय २ अर्ब डलरमा बिक्री गर्ने योजनासँग सम्बन्धित गैरनगद खर्चका रूपमा कम्पनीले २ अर्ब ६० करोड डलर बराबरको सम्पत्ति मूल्य समायोजन खर्च जनाएको छ। आम्दानी र नाफाको नतिजा अपेक्षाभन्दा राम्रो आए पनि कम्पनीको सेयर मूल्य बजार खुल्नुअघिको कारोबारमा उतारचढावबीच ३.८ प्रतिशतले घटेको थियो। The post एटीएन्डटीले बढायो वार्षिक नाफाको अनुमान, बन्डल सेवाबाट ग्राहक टिकाउने रणनीति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन
प्रविधिJust now

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन

काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायहरूलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न वेबसाइट तथा अनलाइन प्रणालीका सञ्चालकहरूका लागि अत्यावश्यक सुरक्षा सतर्कता सूचना (एड्भाइजरी) जारी गर्दै प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको हो ।केन्द्रका ...

आइसिटी समाचार
सरकारी सर्भरमा प्राविधिक समस्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द
प्रविधिJust now

सरकारी सर्भरमा प्राविधिक समस्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा बन्द

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ । सरकारी सर्भर तथा प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण स्वास्थ्य बीमा सेवा प्रभावित भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका अनुसार, नेपाल सरकारका प्रणाली तथा वेबसाइटहरूमा साइबर सुरक्षा अपडेट गर्ने क्रममा उत्पन्न भएको प्राविधिक अवरोधले स्वास्थ्य बीमा बोर्डको प्रणालीमा समेत असर पारेपछि सेवा ...

आइसिटी समाचार
नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो ?
प्रविधिJust now

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो ?

काठमाडौं । वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा भेटिएका गम्भीर सुरक्षा कमजोरीले विश्वभरका करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने भन्दै साइबर सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन् । यी कमजोरीको दुरुपयोग भए वेबसाइटका सर्भरमा अनधिकृत पहुँच कायम गर्ने, संवेदनशील तथ्यांक चोरी गर्ने तथा संस्थाका आन्तरिक प्रणालीमा प्रवेश गर्ने जोखिम बढ्न सक्छ ।बेलायती साइबर सुरक्षा विज्ञ तथा युनिभर्सिटी ...

आइसिटी समाचार
दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह
प्रविधिJust now

दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । दसैँमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वका बेला दसैँ अफर, उपहार र बोनसको प्रलोभन देखाउने, बैंक खाता बन्द भएको भन्दै फोन तथा सन्देश पठाउने र नक्कली लिंकमार्फत गोप्य विवरण चोर्ने गतिविधि हुन सक्ने भन्दै राष्ट्र बैंकले सावधानी अपनाउन अनुरोध गरेको हो ।राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play