एटलेटिको शीर्षसँग दुई अंकको दूरीमा

काठमाडौं । एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा डेपोर्टिभो लाकुरुनालाई १–० ले हराएको छ । यो जितपछि लयमा रहेको एटलेटिकोले दोस्रो स्थानमा आफ्नो स्थिति अझ मजबुत गरेको छ । एटलेटिकोको १० खेलबाट २५ अंक भएको छ । यो शीर्षमा रहेको बार्सिलोनासँग दुई अंकको मात्र दूरी हो । एटलेटिकोका लागि घरमा भएको खेलमा एक मात्र गोल जुलियन अल्भारेजले ४८ औं मिनेटमा गरे र यो नै तीन अंक बटुल्न पर्याप्त रह्यो । बार्सिलोना २७ अंकमा पहिलो र रियल म्याड्रिड २१ अंकमा तेस्रो स्थानमा छन् । बार्सिलोना र रियलबीच नै अब अल क्लासिको खेल रहेको छ । आइतबारका अन्य खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–१, रेसिङ सान्टेन्डरले इस्पनयोगललाई २–१ र एल्चेले रायो भालेकानोलाई ३–० ले हरायो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले... ...

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
• म्याग्दी जिल्लामा बाढी पहिरोबाट प्रभावित स्थानमा विद्युत आपूर्ति पुनः सुरु भएको छ। • नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाहरू मर्मत गरेर विद्युत आपूर्ति नियमित बनाउने प्रयास गरिरहेको छ। • विद्युत आपूर्ति भएपछि ग्रामीण जनजीवनमा सुधार आएको छ। ...

आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
• आजको दिन नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानको लागि अन्तिम अवसर रहेको छ। • विजयादशमीको पूजा आराधना पछि प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। • सडकमा चहलपहल बढेको भए पनि सवारी साधनको कमीले यात्रा सहज हुन सकेको छैन। ...


