Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ हुन गइरहेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ अर्थात ‘एग्री मेक’को सपोर्टिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र ओविफर्ट थपिएका छन । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै संस्थालाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै प्रदर्शनीको स्पोर्टिङ पार्टनरका रूपमा स्वागत गरेको छ । नामियाले ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिँदै प्रदर्शनीमा सहयोग र सहकार्यका लागि ग्लोबल आइएमई बैंकप्रति पनि आभार व्यक्त गरेको छ । त्यस्तै, ओविफर्टलाई पनि धन्यवाद दिँदै नामियाले कृषि क्षेत्रको विकास, आधुनिकीकरण तथा उन्नत प्रविधिसहित जैविक मल प्रवर्द्धनमा कम्पनीले पुर्‍याउँदै आएको योगदानको उच्च कदर गरेको जनाएको छ । प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने र प्रदर्शनीको तयारी तीव्र रूपमा भइरहेको नामियाका अध्यक्ष कृष्ण शर्माले बताउनुभएको छ । उहाँका अनुसार प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने एकसय ५० भन्दा बढी स्टलमार्फत आधुनिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ । स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ भने प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ । आयोजकका अनुसार प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, कृषि उपज प्रशोधन तथा बजारीकरण, शीतभण्डार, प्राङ्गारिक मल, जैविक मल, थोपा सिँचाइ, नर्सरी र बीउबिजनसँग सम्बन्धित आधुनिक यन्त्र, उपकरण तथा प्रविधि राखिनेछन् । स्वदेशी तथा विदेशी बीउबिजन उत्पादक, कृषि सामग्री बिक्रेता तथा कृषि र पशुपन्छीसम्बन्धी सेवाप्रदायक संस्थाको समेत सहभागिता रहनेछ । प्रदर्शनीमा किसान, कृषि उद्यमी, व्यवसायी, सहकारी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्था र नीति निर्माताले कृषि यान्त्रीकरणसम्बन्धी प्रविधि प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाउनेछन् । प्रदर्शनीको आयोजना कृषि विभाग अन्तर्गतको राष्ट्रिय कृषि इञ्जिनियरिङ तथा यान्त्रिकरण प्रवर्द्धन केन्द्र नामियाले संयुक्त रूपमा गर्नेछन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजक रहेका छन् भने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रदर्शनीको प्रवर्द्धक रहेको छ । प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ । युरोपेली संघ (इयु) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आर्थिक सहयोगमा जर्मन विकास सहयोग संस्था (जिआइजेड)द्वारा सञ्चालित ग्रेप-२ परियोजना एसोसिएट पार्टनरका रूपमा रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी
Latest NewsJust now

एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व-अध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग भेटवार्ता गरेको छ । भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुने ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ मा प्रमुख आतिथ्यताका लागि सभामुख अर्याललाई निमन्त्रणा हस्तान्तरण गरिएको छ । प्रतिनिधिमण्डलमा पूर्व- अध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके ...

हिमालय टाइम्स
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने
Latest NewsJust now

एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित ...

हिमालय टाइम्स
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो ...

हिमालय टाइम्स
आइएमई बिग सावधिक जीवन बीमा योजना
Latest NewsJust now

आइएमई बिग सावधिक जीवन बीमा योजना

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लक्ष्मीपूजाको अवसरमा लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षा एकसाथ समेट्ने योजनाले बीमा लेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमांक रकम, बोनस तथा लोयल्टी बोनस ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play