एक चौथाइ मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी अगाडि

काठमाडौं । इजरायलको संसद् (नेसेट) निर्वाचनमा एक चौथाइभन्दा बढी मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी अग्रस्थानमा देखिएको छ । इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार १६ लाखभन्दा बढी मतगणना भइसकेको छ । स्थानीय समय अनुसार राति २:४७ मा अद्यावधिक गरिएको विवरणमा लिकुडले २२.२४ प्रतिशत सदर मत पाएको अलजजिराले उल्लेख गरेको छ । आइजेनकोटको याशार पार्टी १५.४१ प्रतिशत मतसहित दोस्रो स्थानमा छ । प्यालेस्टिनी–इजरायली संयुक्त सूची ८.२८ प्रतिशत मतसहित तेस्रो स्थानमा छ । नाफ्ताली बेनेटको पार्टीले ८.२२ प्रतिशत मत पाएको छ । इजरायलमा करिब ७३ लाख ३० हजार योग्य मतदातामध्ये ५६ लाख ९० हजारभन्दा बढीले मतदान गरेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायलमा नेतान्याहूको गठबन्धनले बहुमत प्राप्त नगर्ने सङ्केत
नेतान्याहूको धार्मिक तथा राष्ट्रवादी गठबन्धन कमजोर बनेको देखाएको छ। ...

मुस्ताङ क्षेत्रका पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), कात्तिक ११ गते । चक्रवात ‘अरनब’ को प्रभावले मुस्ताङ उच्च हिमाली क्षेत्रमा छिमेकी जिल्लासँग जोडिएका साहसिक तथा जोखिम मानिने पाँच पदमार्गमा यात्रा... ...

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ । ...

चक्रवात ‘अरनब’को प्रभाव: आन्ध्र प्रदेशमा कम्तीमा ८९ हजार मानिस सुरक्षित स्थानमा सारिए
चक्रवात ‘अरनब’ ले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ...


