काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ७५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
एकैदिन तोलामा १३ हजार ३ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

Read Complete Original Article
Published originally on अनलाइनपाना


_CtEpYGPjdK.webp)



