Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह
Photo / Coverage: टेक्नोलोजी खबर

कृत्रिम बुद्धिमता (एआई) को सहयोगमा तयार पारिएका गीत र तिनका सर्जकलाई सम्मान गर्न अमेरिकामा शुक्रबार पहिलो पटक एआई म्युजिक अवार्ड समारोह आयोजना गरिएको छ। एआईको प्रयोगबाट संगीत सिर्जना गर्ने विषयले आलोचना र कानुनी विवाद निम्त्याइरहेका बेला यस्तो संगीतले लाखौँ पटक स्ट्रिमिङ पाउनुका साथै संगीत चार्टमा समेत स्थान बनाउन थालेको छ। लस एन्जलसको डाउनटाउनमा आयोजित समारोहमा प्रस्तोता र पुरस्कार विजेताहरूले एआईबाट तयार पारिएको संगीतलाई नयाँ विधाका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार यस्तो संगीत सिर्जना गर्न पनि वास्तविक सिर्जनात्मक कला र उपयुक्त धुन तयार पार्न घण्टौँसम्म एआईलाई निर्देशन दिनुपर्ने हुन्छ। उत्कृष्ट एआई हिपहप गीतको अवार्ड प्रदान गर्ने क्रममा संगीत निर्माता ड्रेक मर्फीले भने, “एआईलाई सबैले नक्कली भन्ने संसारमा यसको पछाडि काम गर्ने मानिस भने वास्तविक हुन्छ।” समारोहका मुख्य विधा एआई कलाकार, वर्षको उत्कृष्ट गीत र वर्षको उत्कृष्ट एल्बमका अवार्ड एआईबाट तयार पारिएको अवतार जेनिया मोनेटले जितेको छ। ‘हाउ वाज आई सपोज्ड टु नो?’ गीतका लागि चर्चित मोनेटको उक्त आरएन्डबी गीत बिलबोर्डको रेडियो चार्टमा स्थान बनाउने एआईमा आधारित कलाकारको पहिलो गीत बनेको बिलबोर्डले जनाएको छ। रोयटर्सका अनुसार मोनेटलाई टेलिशा ‘निकी’ जोन्सले सिर्जना गरेकी हुन्। उनले गीतका सबै शब्द आफैँ लेखेको र त्यसलाई संगीतमा रूपान्तरण गर्न एआईको सहयोग लिएको बताएकी छन्। समारोहअघि रेड कार्पेटमा बोल्दै जोन्सले भनिन्, “मलाई लाग्छ, एआई संगीत नयाँ विषय हो, जसलाई मानिसहरूले बिस्तारै स्वीकार गर्नुपर्छ। निकट भविष्यमै यो हराउने देखिँदैन।” एआई संगीतका लागि चार्ट र गीत एआईबाट बनेको पहिचान गर्ने उपकरण विकास गरेको कम्पनी सोनिक इन्टेलिजेन्स एकेडेमीका सदस्य एआई कलाकारहरूले अवार्डका विजेता छनोट गरेका थिए। विरोधका बाबजुद कलाकारले एआईलाई सिर्जनात्मक उपकरणका रूपमा प्रस्तुत गरे संगीत सिर्जनामा एआईको प्रयोग सन् १९५० को दशकदेखि हुँदै आए पनि पछिल्लो समय जेनेरेटिभ एआईमा भएका महत्त्वपूर्ण प्रगतिले संगीत क्षेत्रमा फरक मत सिर्जना गरेको छ। अहिले एआईबाट डिजिटल पपस्टारका रूपमा समेत संगीत तयार हुन थालेको छ। रेकर्ड कम्पनीहरूले एन्थ्रोपिक र ओपनएआईलगायत एआई कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। ती कम्पनीले आफ्ना एआई मोडेललाई तालिम दिन प्रतिलिपि अधिकार सुरक्षित संगीत सामग्री गैरकानुनी रूपमा प्रयोग गरेको रेकर्ड कम्पनीहरूको आरोप छ। एल्भिस प्रेस्लीको सम्पत्ति व्यवस्थापन गर्ने संस्थाले पनि मुद्दा दायर गरेको छ। एआई कम्पनीहरूले भने अमेरिकी प्रतिलिपि अधिकार कानुनको ‘फेयर युज’ व्यवस्थाअन्तर्गत केही अवस्थामा अनुमति नलिई सामग्री प्रयोग गर्न पाइने भन्दै आफ्नो बचाउ गरेका छन्। एआईबाट तयार पारिएका गीतले मानव कलाकारलाई आफ्नो पहिचान बनाउन कठिन बनाउने र संगीत निर्माता, गायक, इन्जिनियर तथा गीतकारको रोजगारी खोस्ने चिन्ता संगीतकर्मीहरूले व्यक्त गर्दै आएका छन्। शुक्रबारको समारोहमा मनोनयनमा परेका धेरै कलाकारले आफूसँग सुनाउनुपर्ने कथा भए पनि त्यसलाई संगीतमा रूपान्तरण गर्न आवश्यक सबै सीप नभएको बताएका थिए। उनीहरूका अनुसार एआईले आफ्नो सिर्जनालाई संगीतमा उतार्न सहयोग गरेको छ। एआई संगीतको पछाडि पनि मानिसहरूको सिर्जनात्मक काम रहेको कुरा अवार्डले देखाउने उनीहरूको अपेक्षा छ। अवार्डका मनोनीत जे. फ्रिक्वेन्सीले भने, “हामीले पर्दापछाडि गर्ने धेरै काम निकै मेहनतपूर्ण हुन्छन्, मानिसहरूले सोचेभन्दा फरक। कला भनेको कला नै हो र मलाई लाग्छ, यो पनि त्यसको अर्को अभिव्यक्ति हो।” The post एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?
TechnologyJust now

जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?

अमेरिकाका क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूले जटिल सञ्चार सञ्जालमार्फत एकअर्कासँग सम्पर्क गर्छन्। यो सञ्जाल देशकै सबैभन्दा ठूलो दूरसञ्चार प्रणालीमध्ये एक हो। हवाई उड्डयन विज्ञका अनुसार शुक्रबार देखिएको जस्तो समस्या र देशभरका उडान घण्टौँसम्म रोक्नुपर्ने अवस्थाले व्यापक असर पार्न सक्छ। उडान मार्ग परिवर्तन गर्न बाध्य भएका एयरलाइन्सको सेवा आइतबार रातिसम्म पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने संघीय अधिकारीहरूले अनुमान गरेका छन्। अमेरिकाको संघीय उड्डयन ...

टेक्नोलोजी खबर
एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका
TechnologyJust now

एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका

एन्ड्रोइड स्मार्टफोनमा पनि कम्प्युटरमा जस्तै ब्याकग्राउन्डमा चलिरहेका एप तथा प्रक्रियाहरू हेर्न सकिने सुविधा छ। तर यो सुविधा प्रयोग गर्न पहिले फोनमा डेभलपर मोड सक्रिय गर्नुपर्छ। यसबाट कुन एपले कति र्‍याम प्रयोग गरिरहेको छ भन्ने जानकारी लिन सकिन्छ। कम्प्युटर प्रयोगकर्ताका लागि टास्क म्यानेजर नौलो सुविधा होइन। यसबाट कम्प्युटरमा चलिरहेका प्रोग्राम, ब्याकग्राउन्ड प्रक्रिया र तिनले प्रयोग गरिरहेको मेमोरी हेर्न सकिन्छ। यस्तै सुविधा एन्ड्रोइड ...

टेक्नोलोजी खबर
ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने
TechnologyJust now

ओप्पोको पकेट गिम्बल क्यामेरा यसै वर्ष सार्वजनिक हुने, वाइड फोल्डेबल फोन पनि चाँडै आउने

टिपस्टर डिजिटल च्याट स्टेसनले ओप्पोले चाँडै सार्वजनिक गर्ने तयारी गरेका विभिन्न फ्ल्यागसिप उत्पादनबारे विवरण सार्वजनिक गरेका छन्। यी उत्पादनमा पकेट गिम्बल क्यामेरा, वाइड स्क्रिन फोल्डेबल फोन र १६:९ डिस्प्ले भएको फराकिलो बार शैलीको फ्ल्यागसिप फोन रहनेछन्। लीक भएको जानकारीअनुसार ओप्पोको पकेट गिम्बल क्यामेरा यस वर्षको अन्त्यसम्ममा सार्वजनिक हुनेछ। यस क्यामेराको कोडनेम ‘फुयाओ’ रहेको बताइएको छ। यसअघि सार्वजनिक भएका विभिन्न विवरणअनुसार उक्त गिम्बल ...

टेक्नोलोजी खबर
जेन्सन हुआङलाई पुनः सीईओ बनाउन आग्रह गर्दै इलन मस्कसहित प्रविधि क्षेत्रका अधिकारीहरूले गरे हस्ताक्षर
Technology19m ago

जेन्सन हुआङलाई पुनः सीईओ बनाउन आग्रह गर्दै इलन मस्कसहित प्रविधि क्षेत्रका अधिकारीहरूले गरे हस्ताक्षर

एनभिडियाका हालै पदबाट हटाइएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः पदमा फर्काउन माग गर्दै सुरु गरिएको अनलाइन याचिकामा शनिबार दिउँसोसम्म एक लाख १५ हजारभन्दा बढी हस्ताक्षर संकलन भएको देखिएको छ। याचिकाको वेबसाइटका अनुसार हस्ताक्षर गर्नेमा एनभिडियाका हाल कार्यरत ५ हजार ९६५ कर्मचारी, पूर्वकर्मचारी १ हजार १०८ जना र कम्पनीका ६३ हजार ६३ जना सेयरधनी छन्। याचिकालाई समर्थन गर्ने चर्चित व्यक्तिहरूमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play