Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो
Photo / Coverage: टक्सार

काठमाडौँ । सर्वसाधारणलाई प्रतिकित्ता रु. ३३५ प्रिमियम थपेर रु. ४३५ मा प्राथमिक सेयर (आइपिओ) बिक्री गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप खराब बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी बढेर १६ करोड १५ लाख ५१ हजार रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नोक्सानी १२ करोड ८० लाख २० हजार रुपैयाँ रहेको थियो । नाफा कमाएर आकर्षक प्रतिफल दिने प्रक्षेपणसहित महँगो मूल्यमा सेयर बेचेको कम्पनी निरन्तर घाटामा जाँदा सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा परेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको मुख्य व्यवसाय र आम्दानी दुवैमा सङ्कुचन आएको छ । अघिल्लो वर्षको असोज मसान्तमा ९० करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी चालु वर्ष घटेर ८७ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । बिक्री लागत बढेका कारण कम्पनीको कुल नाफा २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १४ करोड ७६ लाख रुपैयाँमा झरेको छ । यद्यपि, ब्याजदरमा आएको गिरावटसँगै कम्पनीको वित्तीय खर्च भने अघिल्लो वर्षको १७ करोड ६३ लाख रुपैयाँबाट घटेर १३ करोड ३३ लाख रुपैयाँमा कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ र सञ्चित नाफामा ४६ करोड ४ लाख रुपैयाँ रहेको छ । नोक्सानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३.२१ रुपैयाँ ऋणात्मक बनेको छ भने प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रु. १०० अङ्कित मूल्यमा रु. ३३५ प्रिमियम जोडेर प्रतिकित्ता रु. ४३५ मा आइपिओ निष्कासन गरेको थियो । त्यतिबेला कम्पनीको कुल सेयर सङ्ख्या करिब ३ करोड ९७ लाख कित्ता, प्रतिसेयर नेटवर्थ रु. २६९.५६ र प्रतिसेयर आम्दानी रु. १.३४ रहेको थियो । आइपिओपछि कम्पनीले एक वर्ष १५ प्रतिशत र अर्को वर्ष १० प्रतिशत बोनस सेयर वितरण गरे पनि हाल कुल सेयर सङ्ख्या करिब ५ करोड २ लाख कित्ता पुग्दा प्रतिसेयर नेटवर्थ घटेर रु. १६२.०७ मा झरेको छ । वित्तीय विवरण खस्कँदै गएपछि पुँजीबजारमा प्रिमियम मूल्य निर्धारणको मापदण्ड र नियामक निकायको भूमिकामाथि बहस सुरु भएको छ । कम्पनी व्यवस्थापनले भने आर्थिक मन्दीका कारण विकास निर्माणका कार्य सुस्त हुँदा सिमेन्टको माग घटेको र तीव्र प्रतिस्पर्धाका कारण बजार मूल्यमा दबाब परेको जनाएको छ । साथै, बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुग्दा ढुवानी भाडा बढेको र निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसक्दा वित्तीय विवरणमा असर परेको कम्पनीको दाबी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन
Latest NewsJust now

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु न्याय, क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै गत शनिबार काठमाडौंमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक संघसंस्थाले प्रदर्शन गरेका छन्। ...

कान्तिपुर
यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू
Latest NewsJust now

यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू

काठमाडौँ । महिलाहरूमा यूरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) अर्थात् पिसाबनलीको संक्रमण एक सामान्य स्वास्थ्य समस्या हो। महिलाहरूले आफ्नो जीवनमा धेरै पटक यो समस्याको सामना गर्नुपर्छ। केही महिलाहरूमा यो संक्रमण निको भएपछि फेरि... ...

रातोपाटी
काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)
Latest NewsJust now

काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)

आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ। के तराई, के पहाड अहिले सबै क्षेत्रमा छठ पर्व धुमधामका साथ मनाइन्छ।  यसै क्रममा देशको केन्द्रीय राजधानी काठमाडौँमा पनि छठ भव्यतापूर्वक सम्पन्न गरिएको छ।  यसै क्रममा हेर्नुहोस् आज बिहान गौरीघाटमा देखिएका यी दृश्य-   ...

नेपालखबर
सी, ट्रम्प र पुटिनबिच नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने
Latest NewsJust now

सी, ट्रम्प र पुटिनबिच नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर १९ मा चीनको शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि भएको छ । तीन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play