एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी पुगेको छ। वाल स्ट्रिट जर्नलको प्रतिवेदनले कम्पनीको घाटासम्बन्धी यस्तो विवरण सार्वजनिक गरेको हो। एआई प्रविधिको बढ्दो मागअनुसार कम्प्युटिङ क्षमता विस्तार गर्न ठूलो लगानी आवश्यक भइरहेका बेला कम्पनीको घाटाको विवरण बाहिर आएको हो। प्रतिवेदनअनुसार एन्थ्रोपिकलाई आफ्नो कम्प्युटिङ पूर्वाधार विस्तार गर्न ७५० अर्ब डलर बराबरको लगानी आवश्यक पर्ने देखिएको छ। प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको समयमा कम्पनीको घाटासम्बन्धी विवरण सार्वजनिक भएको हो। यसले कम्पनीको आर्थिक अवस्था र भविष्यमा आवश्यक पर्ने ठूलो लगानीबारे चासो बढाएको छ। कम्पनीले यसअघि गत वर्ष आफ्नो घाटा १३ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको थियो। तर पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको घाटाको आँकडा त्यसअघिको अनुमानभन्दा निकै ठूलो देखिएको छ। The post एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नजिकिए पाकिस्तान र माल्दिभ्स, २० सम्झौतामा हस्ताक्षर
काठमाण्डु – पाकिस्तान र माल्दिभ्स पछिल्लो समय नजिकिएका छन् । पाकिस्तानले बंगलादेशपछि माल्दिभ्ससँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको हो । बंगलादेश र माल्दिभ्स भारतका निकट मित्र हुन्, उता पाकिस्तानसँग भारतको शत्रुतापूर्ण सम्बन्ध छ । पाकिस्तान र माल्दिभ्सले नयाँ सम्झौताअनुसार व्यापार, रक्षा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र पर्यटनलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न २० वटा समझदारी पत्रमा […] ...

न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस
• हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जाने सडक हिमपातका कारण अवरुद्ध भएको छ र हिउँ पन्छाउने काम अधुरै रोकिएको छ। • स्थानीयका अनुसार, सडकमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको छ, जसले आवागमनमा समस्या सिर्जना गरेको छ। • वडाध्यक्ष तामाङले हिउँ पन्छाउने काम पुनः सुरु गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। ...
गाउँबाट सहर पसेको पिङ संस्कृति
गजेन्द्र गुरुङखजुरा (बाँके), कात्तिक ४ गते । दसैँको आगमनसँगै गाउँघरमा सुनिने पिङका चचहुई आवाज अहिले सहरको होटल र सार्वजनिक स्थलमा सुनिन थालेको छ । कुनै समय गाउँका युवा एकजुट भएर बन... ...



