एआईको बढ्दो माग सँगै दक्षिण कोरियाको आर्थिक वृद्धि अनुमानभन्दा बढी

कृत्रिम बुद्धिमत्ता (एआई) मा प्रयोग हुने चिपको माग बढेसँगै दक्षिण कोरियाको अर्थतन्त्रले जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा अनुमानभन्दा निकै तीव्र वृद्धि गरेको छ। दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरिया ले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार, देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा १ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिको तुलनामा भने अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार भएको हो। टेलिग्राफका अनुसार, बैंक अफ कोरियाले यसअघि अगस्टमा तेस्रो त्रैमासिकमा जीडीपी ०.३ प्रतिशतले मात्रै वृद्धि हुने अनुमान गरेको थियो। केन्द्रीय बैंकका अनुसार, दक्षिण कोरियाको जीडीपीमा करिब ४५ प्रतिशत योगदान रहेको निर्यात अघिल्लो त्रैमासिकको तुलनामा २.३ प्रतिशतले बढेको छ। सेमिकन्डक्टर चिप, मेसिनरी तथा विद्युतीय उपकरणको माग बढ्दा निर्यातमा वृद्धि भएको हो। पछिल्लो नतिजाले दक्षिण कोरियाको अर्थतन्त्र एक दशकभन्दा लामो अवधिपछि सबैभन्दा ठूलो आर्थिक विस्तार हासिल गर्ने दिशामा अघि बढेको देखाएको छ। दक्षिण कोरियाका अर्थमन्त्री ली ह्युङ इलले यसै महिनाको सुरुवातमा सन् २०२६ मा आर्थिक वृद्धि ३.४ देखि ३.६ प्रतिशतसम्म पुग्ने अपेक्षा गरेका थिए। यो वृद्धि कोभिड–१९ महामारीको अवधिलाई छाडेर सन् २०११ यताकै उच्च हुने अनुमान गरिएको छ। सन् २०२५ मा दक्षिण कोरियाको अर्थतन्त्र १ प्रतिशतले मात्रै विस्तार भएको थियो। यो महामारीपछिकै सबैभन्दा सुस्त आर्थिक वृद्धि थियो। एसियाको चौथो ठूलो अर्थतन्त्र दक्षिण कोरियाले एआर्एको बढ्दो प्रयोगबाट लाभ लिइरहेको छ। विश्व बजारमा मेमोरी चिपको अभाव भइरहेका बेला एआई प्रविधिका लागि आवश्यक चिपको माग बढेको हो। दक्षिण कोरिया विश्वका तीन ठूला मेमोरी चिप उत्पादकमध्ये दुई कम्पनी एसके हाइनिक्स र सामसङ इलेक्ट्रोनिक्स को मुख्यालय रहेको देश हो। यी दुई कम्पनीले संयुक्त रूपमा विश्वको हाई–ब्यान्डविथ मेमोरी चिप बजारको करिब ८० प्रतिशत र डाइनामिक र्यान्डम एक्सेस मेमोरी बजारको करिब ६० प्रतिशत हिस्सा नियन्त्रण गर्छन्। कोरिया कस्टम्स सर्भिसका अनुसार, दक्षिण कोरियाको निर्यात गत वर्षको सेप्टेम्बरको तुलनामा यस वर्षको सेप्टेम्बरमा ८३.५ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ। कुल निर्यातमध्ये झन्डै आधा हिस्सा चिपको रहेको छ। The post एआईको बढ्दो माग सँगै दक्षिण कोरियाको आर्थिक वृद्धि अनुमानभन्दा बढी appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

टिभिएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा आयोजना हुँदै
नेपालका लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने अवसरका साथै विभिन्न आकर्षक अफर र सुविधाहरू प्राप्त गर्न सक्नेछन्। ‘टिभिएस मा अपग्रेड गर्नु हुनेहरूलाई, अब ...

चिनियाँ अटोमेकर एक्सपेङले ग्वाङझाउमा रोबोट्याक्सी परीक्षणको अनुमति पायो
एक्सपेङ्गको रोबोट्याक्सी व्यवसायले आफ्नो गृहनगर ग्वाङ्झाउमा लेभल ४ स्वायत्त ड्राइभिङ परीक्षण सञ्चालन गर्न स्वीकृति प्राप्त गरेको छ, जसले चिनियाँ ईभी निर्मातालाई आफ्नो स्वायत्त सवारी सेवाहरूको व्यावसायिकीकरण गर्न बाटो खोलेको छ। कम्पनीले सोमबार घोषणा गरेअनुसार, यसको रोबोट्याक्सी व्यवसाय, एक्सपेङ्ग योयो ले एल ४ स्वायत्त ड्राइभिङ परीक्षण सञ्चालनको लागि स्वीकृति प्राप्त गरेको हो। एक्सपेङ्गको रोबोट्याक्सी व्यवसायकी प्रमुख क्यान्डिस युआनले चिनियाँ सामाजिक सञ्जाल वेईबोमा भनिन् ...

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने
कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ। डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज ...


