टिभिएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा आयोजना हुँदै

नेपालका लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने अवसरका साथै विभिन्न आकर्षक अफर र सुविधाहरू प्राप्त गर्न सक्नेछन्। ‘टिभिएस मा अपग्रेड गर्नु हुनेहरूलाई, अब टिभिएसको महा एक्सचेन्ज मेलामा पाउनुहोस् अचम्मैका अफरहरू’ भन्ने मुख्य सन्देशका साथ आयोजना हुन लागेको यस मेलाले ग्राहकहरूलाई सहज, किफायती र लाभदायक एक्सचेन्ज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। मेलाको प्रमुख आकर्षणका रूपमा ‘टिभिएस गोल्डेन की अफर’ रहेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा १० लाखसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, मेलालाई थप रोमाञ्चक बनाउन हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्। ग्राहकहरूले आफ्ना पुराना सवारीसाधनको उचित तथा आकर्षक मूल्यांकन प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटरहरूको व्यवस्था गरिएको छ। यसबाट ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट एक्सचेन्ज मूल्य प्राप्त गर्दै नयाँ टिभिएस सवारीसाधनमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। त्यसैगरी, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया समेत उपलब्ध गराइनेछ। आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्तहरूको अधीनमा रहने यस सुविधाले नयाँ सवारीसाधन खरिद प्रक्रियालाई थप सरल बनाउने विश्वास कम्पनीले लिएको छ। जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक रौनियारले भने,‘अचम्मैको महा एक्सचेन्ज मेला’ मार्फत हामीले ग्राहकहरूका लागि आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर तथा सहज फाइनान्स सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयास गरेका छौं। हाम्रो उद्देश्य नयाँ टिभिएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने ग्राहकहरूको चाहनालाई अझ सहज र किफायती बनाउनु हो।’ आकर्षक एक्सचेन्ज अफर, विशेष पुरस्कार, अनुभवी भ्यालुएटरहरू तथा सहज वित्तीय सुविधाका कारण यो मेला नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने योजनामा रहेका ग्राहकहरूका लागि विशेष अवसर बन्ने अपेक्षा गरिएको छ। ग्राहकहरूको बदलिँदो आवश्यकता र चाहनालाई सम्बोधन गर्दै नवीनतम सवारीसाधन तथा ग्राहककेन्द्रित सेवाहरू प्रदान गर्ने टिभिएस नेपालको प्रतिबद्धतालाई यस मेलाले थप मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। The post टिभिएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा आयोजना हुँदै appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
१२ कात्तिक, काठमाडौं। मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण […] The post मोरङको ...

एप्पलले सार्वजनिक गर्यो एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो
एप्पलले एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ चिपले अघिल्लो पुस्ताको एम५ चिपको तुलनामा ग्राफिक्स कार्यसम्पादन ३० प्रतिशत र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कामको गति २५ प्रतिशतसम्म बढाउँछ। नयाँ म्याकबुक प्रोमा १२ कोरको सीपीयू र १२ कोरको जीपीयू राखिएको छ। प्रत्येक जीपीयू कोरमा न्युरल एक्सेलेरेटर समावेश छ। यसमा डुअल १६ कोरको न्युरल इन्जिन र छिटो युनिफाइड ...

नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य
११ कात्तिक, काठमाडौं। उपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्याइने छ। पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा १५ हजार […] The post नवजात शिशुको ...

जीपीटी-४ओले छोरीलाई छारे रोगको औषधि छोड्न सल्लाह दिएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर
छारे रोग भएकी ३१ वर्षीया अमेजनकी सफ्टवेयर इन्जिनियर बोवेन वानका अभिभावकले मंगलबार ओपनएआई विरुद्ध मुद्दा दायर गरेका छन्। छोरीको मृत्यु हुनुअघि च्याटजीपीटी ले उनलाई छारे रोगको औषधिको मात्रा घटाउन र यसबारे चिकित्सकहरूलाई जानकारी नदिन सल्लाह दिएको आरोप अभिभावक क्विन वान र मेइछिन सुले लगाएका छन्। वानको फेब्रुअरीमा मृत्यु भएको थियो। द न्युयोर्क टाइम्सले यसबारे समाचार प्रकाशित गरेको छ। वानले जीपीटी-४ओप्रयोग गरिरहेकी थिइन्। ...


