Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पुर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
Latest NewsJust now

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

• नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म १३ खेल सम्पन्न भइसकेका छन्, जसमा ११ अर्धशतक र कुनै शतक छैन। • विराटनगरका लोकेश बमले १८८ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। • अंकतालिकामा लुम्बिनी ५ अंकका साथ पहिलो स्थानमा छ, जबकि चितवन र काठमाडौं क्रमशः छैटौं र सातौं स्थानमा छन्। ...

नेपालबहस
समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
Latest NewsJust now

समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन् । उनका अनुसार बैठक केहीबेरमै बस्दैछ । बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेताको सहभागिता रहने बताइएको छ । ...

केन्द्रबिन्दु
सरकारले बर्खास्त नभनि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा राख्यो, केसी बने महानिरीक्षक
Latest NewsJust now

सरकारले बर्खास्त नभनि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा राख्यो, केसी बने महानिरीक्षक

• सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त नगरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। • कार्कीलाई पदबाट हटाएको र एआईजी मनोज केसीलाई नयाँ आईजीपी बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। • सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी हेरफेर गरिएको मात्र बताएका छन्। ...

नेपालबहस
जनकपुर-अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुनसक्ने
Latest NewsJust now

जनकपुर-अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुनसक्ने

काठमाडाैँ । रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ । रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण शुरु गरिने भएको छ । रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबिचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ । जनकपुरधाम र अयोध्याबीचको पौराणिक ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play