काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन् । उनका अनुसार बैठक केहीबेरमै बस्दैछ । बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेताको सहभागिता रहने बताइएको छ ।
समसामयिक विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






