Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

शर्मिलाले ल्याइन् छठ गीत ‘करीले परबिया’, कल्पना पटवारीकाे स्वर

Share:WhatsAppFacebookX (Twitter)Telegram
शर्मिलाले ल्याइन् छठ गीत ‘करीले परबिया’, कल्पना पटवारीकाे स्वर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठपर्वलाई लक्षित गर्दै तयार गरिएको भोजपुरी भाषाको छठ गीतमा मधेश प्रदेशका कलाकार र जनकपुरधामका धार्मिक स्थलहरू देख्न सकिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलवार बेलुकी सार्वजनिक गरिएको गीतलाई फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन् । उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हेरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरे । उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएकोमा गर्व महसुस भएको बताए । साथै, उनले आगामी दिनमा निर्माता र सम्पूर्ण टिमलाई थप ऊर्जाका साथ यसै प्रकारका गीत–संगीत र चलचित्रहरू पनि निर्माण गर्न आग्रह गरे । उनले मधेश प्रदेश सरकार कलाकार र धर्म–संस्कृति प्रवद्र्धनका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा छठपर्व मनाउँदा श्रदालुले अपनाउने विधी, गर्ने पुजापाठलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यो गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन् । यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ । गीतको भिडिओमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ । कमलेश सिंह ९काम ली०ले निर्देशन गरेको भिडिओ उडान प्रोडक्सन्सले निर्माण गरेको हो। कार्यक्रममा उडान इन्टरटेनमेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताइन् । ‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्छ । यी कामहरूले मिथिलाको संस्कृति र यसको सभ्यतासँगै यहाँको परम्परालाई गीतसङ्गीत, चलचित्रको माध्यमले अगाडि ल्याउँछ भन्नेमा कोसिसमा छु । आगामी दिनमा पनि यस्तै कामहरू गर्ने छुु, उनले भनिन् । निर्मात्री थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक चलचित्र रिलिज हुने जानकारी पनि दिइन् । उनले निर्माण गरेको नेपाली फिल्म ‘आशाु आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ । भिडियोको छायांकन साजन ठाकुरले गरेका हु न्। ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् । गायिका कल्पना पटवारीले गाएका गीतहरू ‘बिल्लु भयङ्करु, ‘तेरे लाईु, ‘उचा लम्बा कदु, ‘इश्कसे मिठाु, ‘शकिराु, ‘एैला रे एैलाु, ‘गन्दी बातु लगायत हिट छन् । उनी भारतीय फिल्मका साथै भोजपुरी, मराठी, बंगाली भाषाका गीतहरूमा आवाज दिने गर्छिन् । पछिल्लो समय उनी धार्मिक गीतहरू गाउने गरेकी छिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संघको लाचारीपछि स्थानीय तहकै अग्रसरतामा बन्ने भयो फुर्केखोलामा पोन्टुन ब्रिज
Latest NewsJust now

संघको लाचारीपछि स्थानीय तहकै अग्रसरतामा बन्ने भयो फुर्केखोलामा पोन्टुन ब्रिज

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङको लाइफलाइन मानिने फुर्केखोलास्थित पक्की पुल बगायो। पृथ्वी राजमार्गलाई सदरमुकाम धादिङबेँसीसँग जोड्ने पुल नहुँदा जिल्लाको उत्तरी क्षेत्रको सडक... ...

रातोपाटी
साढे ५ वर्षपछि निगमको आरपी प्रणाली पूर्ण हस्तान्तरणको चरणमा
Latest NewsJust now

साढे ५ वर्षपछि निगमको आरपी प्रणाली पूर्ण हस्तान्तरणको चरणमा

काठमाडौँ । नेपाल आयल निगमको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली साढे ५ वर्षपछि पूर्ण हस्तान्तरणको चरणमा पुगेको छ । लिमिटेडले आफ्ना सम्पूर्ण प्रशासनिक तथा व्यापारिक कारोबारलाई एउटै डिजिटल प्रणालीमा आबद्ध... ...

रातोपाटी
३४औँ आईजीपी डा.केसीलाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिँदै
Latest NewsJust now

३४औँ आईजीपी डा.केसीलाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिँदै

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा.मनोज केसीलाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । ३४औँ आईजीपी केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव)... ...

रातोपाटी
रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन
Latest NewsJust now

रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयबारे सरकारले पुष्टि गर्नुपर्ने बताएका छन्।  बुधबार मन्त्रिपरिषद्का आकस्मिक बैठकले आईजीपीबाट हटाएर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। तर, रास्वपाकै वरिष्ठ नेता समेत रहेका शाहले क... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play