Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा उत्पादनमा विभिन्न स्रोतको हिस्सा निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्ने सरकारको तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो । नयाँ ऊर्जा मिश्रणले आगामी दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ । हाल नेपालमा करिब ४ हजार २०० मेगावाट विद्युत् उत्पादन क्षमता जडित छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट आउने भएकाले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने मौसमी असन्तुलन छ । यसलाई व्यवस्थापन गर्न जलाशययुक्त, पम्प स्टोरेज र वैकल्पिक ऊर्जा स्रोतको विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । उक्त ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो । सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो । २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि पीपीए प्रक्रियामा सोहीअनुसार व्यवस्था गरिएको थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको पीपीए स्वीकृत गरेको थियो । तर गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भयो । त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ । प्राधिकरणकाअनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भएको छ । तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् । पीपीए नहुँदा निजी क्षेत्रका आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई आयोजना निर्माणका लागि ऋण प्राप्त गर्ने प्रमुख आधार मानिन्छ । त्यसैले नयाँ ऊर्जा मिश्रणले पीपीएको बाटो खोल्ने मात्र नभई निजी क्षेत्रको लगानी र आयोजना निर्माणलाई समेत गति दिने अपेक्षा गरिएको छ । नयाँ ऊर्जा मिश्रणमा सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई पनि समेट्ने तयारी छ । जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकाले ऊर्जा स्रोत विविधीकरणलाई प्राथमिकता दिन लागिएको हो । विशेषगरी जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाले विद्युत् भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्छन् । सौर्य तथा वायु ऊर्जाको विकासले पनि उत्पादन प्रणालीमा विविधता थप्नेछ । ३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापार विस्तार पनि चुनौतीपूर्ण छ । भारतसँगै बंगलादेशसम्म विद्युत् निर्यातको सम्भावना बढिरहेका बेला सन्तुलित ऊर्जा मिश्रणले वर्षायाम र हिउँद दुवैमा विद्युत् उपलब्धता व्यवस्थापन गर्दै निर्यातयोग्य ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज
Latest NewsJust now

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

काठमाडाैँ । नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रा.लि. को इजाजतपत्र खारेज गरेको छ। भीमदत्तनगर–४, महेन्द्रनगरमा रहेको उक्त मनिचेञ्जरले राष्ट्र बैंकबाट भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न इजाजतपत्र पाएको थियो। कम्पनीले कारोबार बन्द गरेपछि इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ ...

टक्सार
बाजुराकी २० वर्षीया सुत्केरीको हवाई उद्धार
Latest NewsJust now

बाजुराकी २० वर्षीया सुत्केरीको हवाई उद्धार

काठमाडौं। बाजुराको बुढीनन्दा नगरपालिका-१ की २० वर्षीया एक महिलाको हवाई उद्धार गरिएको छ। जटिल प्रसूति समस्यामा परेकी ती महिलालाई मङ्सिर ९ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो। दुर्गम भेगका स्वास्थ्य सेवाको पहुँच नभएका गर्भवती तथा ...

नेपालन्युज
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक निर्माण अन्तिम चरणमा
Latest NewsJust now

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक निर्माण अन्तिम चरणमा

जीवछ यादव सिरहा, मङ्सिर १० गते । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुर–कमला सडक निर्माण प्रगति ८० प्रतिशतभन्दा बढी भएको छ । ८७ किलोमिटर चार लेन सडकको पश्चिमी खण्ड कुशहा–कमला ४७.२ किल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement