Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी उक्त सम्मेलनमा मन्त्री श्रेष्ठले नेपालले पछिल्लो समय सामना गरेका शृङ्खलाबद्ध जलवायुजन्य विपद्, त्यसबाट भएको ठूलो क्षति तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। सम्मेलनमा उनले हिमनदी, हिमताल, अस्थिर पहाडी भूभाग तथा नदी प्रणालीको नियमित अनुगमनका लागि भूउपग्रह प्रविधि, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउनुपर्ने प्रस्ताव राखेका थिए। साथै, विपद्को जोखिम समयमै पूर्वानुमान गरी प्रभावित समुदायसम्म सूचना पुर्‍याउन प्रभावकारी बहुप्रकोपी पूर्वसूचना प्रणाली विकास गर्न प्राविधिक सहकार्य, संयुक्त अनुसन्धान र राष्ट्रिय क्षमता अभिवृद्धिमा जोड दिएका थिए। यसैगरी, ‘सगरमाथादेखि समुद्रसम्म: एसिया तथा प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद्प्रतिको उत्थानशीलता सुदृढ गर्न नेपालको भोटेकोशी–त्रिशूली विपद्बाट सिकिएका पाठ’ विषयक उच्चस्तरीय क्षेत्रीय संवादमा पनि मन्त्री श्रेष्ठ सहभागी भएका थिए। उक्त संवादमा उनले विपद् अनुगमन, पूर्वतयारी, अनुकूलन तथा हानि–नोक्सानीको सम्बोधनका लागि समयमै उपलब्ध हुने, अनुमानयोग्य, सहज पहुँचयुक्त र अनुदानमा आधारित वित्तीय सहयोग आवश्यक रहेको धारणा राखेका थिए। बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), नेपाली राजदूतावास र नेपाल सरकारको संयुक्त आयोजनामा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक विशेष संगोष्ठीमा मन्त्री श्रेष्ठले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। सो अवसरमा उनले भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित बस्ती, उत्थानशील पूर्वाधार, सुरक्षित जलविद्युत् आयोजना र दिगो जीविकोपार्जन समेटिएको ‘नमुना हिमाली विकास’ अवधारणाका रूपमा अघि बढाउने नेपालको सोच प्रस्तुत गरेका थिए। बैंकक बसाइका क्रममा मन्त्री श्रेष्ठले संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा ईएससीएपीका कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिस्याहबाना, थाइल्याण्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री योड्चनन वोङ्सावात, भुटानका परराष्ट्रमन्त्री दिना नाथ ढुङ्ग्याल र श्रीलंकाका स्वास्थ्य तथा आमसञ्चार मन्त्री डा. नलिन्दा जयतिस्सासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा जलवायु उत्थानशीलता, प्रविधि हस्तान्तरण तथा विपद् जोखिम न्यूनीकरणका विषयमा छलफल भएको थियो। मन्त्री श्रेष्ठ मंगलबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका थिए। भ्रमण टोलीमा नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी बोर्ड सदस्य अंकिता शाह सहभागी थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति
ताजा खबरJust now

देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति

काठमाडौँ । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश र जनावरको आक्रमणलगायतका घटनाबाट तीन... ...

रातोपाटी
देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते
ताजा खबरJust now

देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौँ, कात्तिक १४ गते । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश, जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपा... ...

गोरखापत्र
१२ बजे १२ समाचार : विराटनगरको पहिलो जित, एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र
ताजा खबरJust now

१२ बजे १२ समाचार : विराटनगरको पहिलो जित, एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एसईई र रजिस्ट्रेसनका नाममा सरकारी दोहोरो चरित्र नेपालको वर्तमान संविधान धारा ३१ मा... ...

रातोपाटी
विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित
ताजा खबरJust now

विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल मैदानको अवस्थालाई लिएर उत्पन्न विवाद, लामो अन्योल र पाँच ओभरको रोमाञ्चक प्रतिस्पर्धापछि टुङ्गिएको छ । वर्षाका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play