ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठ’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग भेटवार्ता गर्ने उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए । सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने महर्जनले बताए । भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तरराष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी हुनुहुन्छ । मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कर्णाली याक्सले अर्को विकेट पनि गुमायो
काठमाडौँ। कर्णाली याक्सका एरफुल स्लाम आउट भएका छन् । उनी २९ बलमा ४३ रन बनाएर आउट भएका हुन्। नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले १२.३ ओभरमा ४... ...

लमजुङका किसान धान थन्क्याउने चटारोमा
धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ । ...

नारायणीमा तीनजना वेपत्ता, एकको उद्धार
बोमलाल गिरीनवलपुर, कात्तिक १० गते । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित ब्रिटिस क्याम्प प... ...

सहकारीका मुद्दा चाँडो किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने
काठमाडौँ । सहकारी क्षेत्रका पीडितहरूलाई छिटोछरितो न्याय प्रदान गर्न र सहकारी कसुरसम्बन्धी मुद्दाहरूको शीघ्र किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने भएको छ । १०० थानभन्दा बढी सहकारीसम्बन्धी मुद्दा रहेका जिल्ला... ...


