Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

उमाकुण्ड प्रथम अध्यक्ष कप फागुनमा हुने, विजेताले ५ लाख पुरस्कार पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
उमाकुण्ड प्रथम अध्यक्ष कप फागुनमा हुने, विजेताले ५ लाख पुरस्कार पाउने
Photo / Coverage: जनताटाइम्स

रामेछाप, मंसिर ११ । रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी फागुन महिनामा प्रथम ‘अध्यक्ष कप’ प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय खेलकुदको विकास तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। त्यसैगरी द्वितीय हुने टोलीले २ लाख रुपैयाँ र तृतीय हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ। स्थानीय तहमा आयोजना हुन लागेको यस प्रतियोगिताको पुरस्कार राशि जिल्लाकै आकर्षकमध्ये एक मानिएको छ। गाउँपालिकाले खेलकुद क्षेत्रको विकास, युवाको प्रतिभा प्रस्फुटन तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकासमा अध्यक्ष कपले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको छ। प्रतियोगितामार्फत गाउँपालिकाभित्र रहेका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई जिल्लादेखि राष्ट्रियस्तरसम्म स्थापित हुन प्रेरित गर्ने लक्ष्य राखिएको छ। प्रथमपटक आयोजना हुन लागेको अध्यक्ष कपमा कुन-कुन खेल विधा समावेश गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ। वडास्तरीय वा पालिकास्तरीय रूपमा प्रतियोगिता सञ्चालन गर्ने तथा खेल विधा र प्रतिस्पर्धाका नियमबारे गाउँपालिकाले छिट्टै विस्तृत कार्यतालिका र नियमावली सार्वजनिक गर्ने जनाएको छ। फागुनमा सञ्चालन हुने अध्यक्ष कपलाई उमाकुण्ड गाउँपालिकाको खेलकुद विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पशुपतिनगरबाट साढे १६ लाखको अवैध सामान र चौपाया बरामद
OthersJust now

पशुपतिनगरबाट साढे १६ लाखको अवैध सामान र चौपाया बरामद

इलामको पशुपतिनगरस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न समयमा गरेको कारबाहीका क्रममा १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको हो। गुल्मका अनुसार सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा ...

पर्दाफास
मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु, एक घाइते
OthersJust now

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु, एक घाइते

११ मंसिर, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बुधबार साँझ करिब ७ बजे मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक बरहथवा… ...

अनलाइन खबर
राष्ट्रपति चुरे संरक्षण विकास समिति विघटन, अब मन्त्रालयकै विभागले काम गर्ने
OthersJust now

राष्ट्रपति चुरे संरक्षण विकास समिति विघटन, अब मन्त्रालयकै विभागले काम गर्ने

सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारले गत १७ कात्तिकमा समिति खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णयसम्बन्धी सूचना बिहिवार राजपत्रमा प्रकाशित भएपछि समिति विघटनको औपचारिक जानकारी सार्वजनिक भएको हो। समिति विघटनसँगै यसअघि स्वायत्त निकायका रूपमा सञ्चालन हुँदै आएको चुरे संरक्षणसम्बन्धी काम अब मन्त्रालयको प्रत्यक्ष मातहतमा पुगेको छ। मन्त्रालयका एक ...

पर्दाफास
मिसाइल आपूर्तिमा ढिलाइ र पुटिनप्रतिको टिप्पणीप्रति अमेरिकासँग जेलेन्स्कीले पोखे असन्तुष्टि
OthersJust now

मिसाइल आपूर्तिमा ढिलाइ र पुटिनप्रतिको टिप्पणीप्रति अमेरिकासँग जेलेन्स्कीले पोखे असन्तुष्टि

जेलेन्स्कीले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement