Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

उपल्लो डोल्पामा हिमपातले फसे ६ भारतीय पर्यटक, हेलिकप्टरमा प्राविधिक समस्या हुँदा उद्धारमा ढिलाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपल्लो डोल्पामा हिमपातले फसे ६ भारतीय पर्यटक, हेलिकप्टरमा प्राविधिक समस्या हुँदा उद्धारमा ढिलाइ
Photo / Coverage: पर्दाफास

उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको उद्धार हुन सकेको छैन । उनीहरू फसेको जानकारी जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा प्राप्त भएको थियो । दुई महिला र चार पुरुषसहितका भारतीय पर्यटक डोल्पोबुद्ध गाउँपालिकाको धोबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा हिमपातमा परेका हुन् । शे–फोक्सुण्डो गाउँपालिका–४ को सल्दाङ र वडा नम्बर ८ बीचको हिमाली क्षेत्रमा पर्ने दानिगढमा बाक्लो हिउँ जमेर आवतजावत अवरुद्ध भएपछि उनीहरू त्यहाँ रोकिएका हुन् । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन् । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भए पनि सुर्खेतस्थित सेनाको हवाई बेसमा रहेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि उद्धारमा ढिलाइ भएको हो । निजी क्षेत्रका हेलिकप्टरसमेत सुर्खेतमा उपलब्ध नहुँदा तत्काल वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् । मौसमको चेतावनी बेवास्ता जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार भारतीय पर्यटकहरू आवश्यक प्रशासनिक अनुमति नलिई डोल्पा पुगेका थिए । उनीहरूले पर्यटकका लागि निर्धारित नियमित पदमार्ग प्रयोग नगरी वैकल्पिक बाटो हुँदै हिमाली क्षेत्रमा यात्रा गरेका थिए । खराब मौसम र भारी हिमपातको जोखिम रहेकाले हिमाली क्षेत्रमा नजान सुझाव दिइएको अवस्थामा पनि उनीहरूले यात्रा अघि बढाएका थिए । स्थानीयस्तरबाट समेत मौसम प्रतिकूल रहेकाले जोखिमपूर्ण बाटो प्रयोग नगर्न सुझाव दिइएको थियो । तर, उक्त सुझावलाई बेवास्ता गर्दै यात्रा गर्दा उनीहरू हिमपातमा फसेको प्रशासनको भनाइ छ । नियमित पदमार्गभन्दा फरक बाटो प्रयोग गरेर यात्रा गर्दा पर्यटकको अवस्थाबारे जानकारी लिन र आपत्कालीन उद्धारको समन्वय गर्न थप कठिनाइ हुने गरेको छ । विशेषगरी सञ्चार सम्पर्क कमजोर रहेको उपल्लो डोल्पाका हिमाली क्षेत्रमा भारी हिमपातपछि पदमार्ग अवरुद्ध हुँदा उद्धार थप चुनौतीपूर्ण बन्ने गरेको छ । २४४ पर्यटकमध्ये छ जना भारतीय हिमपातमा जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार उपल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा नेपाली १४९, सार्क मुलुकका ४४ र अन्य विदेशी ५१ गरी २४४ जना पर्यटक रहेका थिए । हिमपातका कारण फसेका छ जना भारतीय पर्यटक पनि यही संख्याभित्रका हुन् । उपल्लो डोल्पा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, बौद्ध संस्कृति र शे–फोक्सुण्डो तालका कारण विदेशी पर्यटकको आकर्षणको केन्द्र हो । तर, पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा, पदमार्गको निगरानी र आपत्कालीन उद्धारको तयारी पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ । दुर्गम भूगोलका कारण उपल्लो डोल्पामा भारी हिमपात हुँदा पदमार्ग अवरुद्ध हुने र सञ्चार सम्पर्कसमेत विच्छेद हुने गर्छ । यस्तो अवस्थामा उद्धारको मुख्य विकल्प हेलिकप्टर हुने भए पनि आवश्यक परेको समयमा हेलिकप्टर उपलब्ध नहुँदा पर्यटकको सुरक्षामा चुनौती थपिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे
OthersJust now

रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे

विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली काँग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए । उनले गलत क्रियाकलापका विषयमा काँग्रेस गम्भीर र सचेत रहेको उल्लेख गर्दै रास्वपाले यस विषयलाई ...

पर्दाफास
सर्वोच्चको पूर्ण बैठक जारी
OthersJust now

सर्वोच्चको पूर्ण बैठक जारी

पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई निरन्तर फूलकोर्टमा छलफल गरिरहेका हुन् । ...

अनलाइन खबर
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन कांग्रेसको माग
OthersJust now

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन कांग्रेसको माग

नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपलगायत विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय विशेष छानबिन समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप आपत्तिजनक रहेको बताए । पत्रकार पक्राउको स्पष्ट कानुनी ...

पर्दाफास
पटका सहित दुई जना पक्राउ
OthersJust now

पटका सहित दुई जना पक्राउ

१६ कात्तिक, चितवन । चितवनमा पटकासहित २ जना पक्राउ परेका छन् । कालिका नगरपालिका–६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान–१६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा–८ घर भएका २९ वर्षीय राज जयसवाल पक्राउ परेका हुन् । तेलीलाई करिब २ लाख… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play