Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछ : भीष्मराज आङदेम्बे
Photo / Coverage: पर्दाफास

विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली काँग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताए । उनले गलत क्रियाकलापका विषयमा काँग्रेस गम्भीर र सचेत रहेको उल्लेख गर्दै रास्वपाले यस विषयलाई कसरी संसदमा प्रवेश गराउँछ भन्ने आधारमा पार्टी अघि बढ्ने स्पष्ट पारे । उनले भने, ‘रास्वपा सबैभन्दा ठूलो दलको रूपमा हुनुहुन्छ । उहाँहरूले यो विषयमा आफ्ना दृष्टिकोण कसरी सार्वजनिक गर्नुहुन्छ, त्यो हामी हेरिरहेका छौँ । हामी कुनैपनि गलत क्रियाकलापहरू जुन छ, त्यसको विषयमा हामीहरू अत्यन्त गम्भीर र सचेत छौँ । उहाँहरूले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसदमा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यस अनुसार हामीहरू आफ्ना धारणाहरू बनाएर हामीहरू अगाडि बढ्छौँ ।’ रास्वपाले विचौलिया ईनम सापकोटासँग कनेक्सन रहेका न्यायाधीशमाथी महाभियोग लगाउनेगरी छलफल अगाडी बढाएको छ । तर रास्वपाले पनि महाभियोगका बारेमा ठोस धारणा सार्वजनिक गरेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्ता छन् प्रतिपक्षी दलहरूको बैठकका चार एजेन्डा
OthersJust now

यस्ता छन् प्रतिपक्षी दलहरूको बैठकका चार एजेन्डा

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय गरिएका छन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार, प्रतिपक्षी दलहरूको बैठकका लागि चारवटा एजेन्डा तय गरिएका हुन् । यस्ता छन् एजेन्डाहरू– १. न्यायाधीशहरूमाथि महाभियोग लगाउने सम्बन्धमा सत्तारूढ दल रास्वपाको निर्णय, अबको प्रक्रिया… ...

अनलाइन खबर
६१ वर्षका भए शाहरुख खान, जन्मदिनमा जान्नुहोस् उनका १० रोचक कुरा
OthersJust now

६१ वर्षका भए शाहरुख खान, जन्मदिनमा जान्नुहोस् उनका १० रोचक कुरा

बलिउडमा धेरै कलाकार आए, धेरैले नाम र दाम कमाए । तर केही कलाकार यस्ता हुन्छन्, जो पर्दामा देखिने पात्रमा मात्र सीमित रहँदैनन्, दर्शकको जीवनकै एउटा हिस्सा बनिदिन्छन् । शाहरुख खान त्यस्तै अभिनेता हुन् । रोमान्स होस् वा संघर्षको कथा, उनको अभिनयले तीन दशकभन्दा लामो समयदेखि दर्शकलाई बाँधिरहेको छ । रोमान्सका उनी पर्याय हुन्, त्यो भनिरहनै… ...

अनलाइन खबर
दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु
OthersJust now

दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । दैलेखमा ट्रकमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकमा क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठक्कर खाएर आइतबार दिउँसो दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ बस्ने ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको नेपाल प्रहरीको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play