Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगाए दसैँको टीका

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगाए दसैँको टीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगाए दसैँको टीका

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीको अवसरमा शुभसाइतमा दसैँको टीका, प्रसाद तथा जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उनले गुरु पुरोहितबाट टीका, प्रसाद तथा जमरा ग्रहण गरेका हुन् । उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले यसबारे जानकारी दिएका छन् । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपति यादवले परिवारका सदस्यहरूलाई पनि टीका लगाइदिएका थिए । The post उपराष्ट्रपति रामसहायप्रसाद यादवले लगाए दसैँको टीका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दशैँको टीका र जमरापछि लिङ्गे पिङ खेल्ने परम्पराले पायो निरन्तरता
ताजा खबरJust now

दशैँको टीका र जमरापछि लिङ्गे पिङ खेल्ने परम्पराले पायो निरन्तरता

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँको मुख्य दिन आज देशभर टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ। दशैँको अवसरमा ‘एकपटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने मान्यतासँग जोडिएको लिङ्गे पिङ खेल्ने चलनले नेपाली समाजमा सांस्कृतिक महत्त्व राख्दै आएको छ। दशैँको टीका र जमरा लगाएपछि सर्वसाधारण सार्वजनिक स्थल तथा गाउँघरमा भेला भएर पिङ खेल्दै खुसी साटासाट गरिरहेका छन्। ...

हिमालय टाइम्स
बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
ताजा खबरJust now

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने... ...

रातोपाटी
पूर्वराष्ट्रपति एवं नेकपा एमालेको  वरिष्ठ नेता भण्डारी बिहीबार चीन जाँदै
ताजा खबरJust now

पूर्वराष्ट्रपति एवं नेकपा एमालेको वरिष्ठ नेता भण्डारी बिहीबार चीन जाँदै

अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा विशिष्ट अतिथिका रूपमा भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारीका सहयोगी राजकुमार राईका अनुसार पूर्वराष्ट्रपति भण्डारीका आफन्त कैलाश भण्डारी पनि भ्रमणमा उनीसँगै जानेछन् । ...

कान्तिपुर
बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
ताजा खबरJust now

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैँको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो । विगतका बर्षमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play