Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

उपत्यकामा सिसिटिभीलगायतको निगरानीमा ५६६ सवारी चालक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा सिसिटिभीलगायतको निगरानीमा ५६६ सवारी चालक कारबाहीमा
Photo / Coverage: टेक्नोलोजी खबर

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, सिसिटिभीबाट पहिचान भएका ३७ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने २९ जना र तीव्र गतिमा सवारी चलाउने १२२ जना छन्। त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार जना कारबाहीमा परेका छन्। विभिन्न सवारी नियम पालना नगर्ने २७९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरुमाथि नियमअनुसार जरिवानासहितको कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ। सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ। सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारी मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुसहित सबैको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ।–रासस The post उपत्यकामा सिसिटिभीलगायतको निगरानीमा ५६६ सवारी चालक कारबाहीमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमका ग्राहकलाई अन्तर्राष्ट्रिय कलमा नयाँ व्यवस्था, ६० देशमा पल्स दर परिवर्तन
TechnologyJust now

नेपाल टेलिकमका ग्राहकलाई अन्तर्राष्ट्रिय कलमा नयाँ व्यवस्था, ६० देशमा पल्स दर परिवर्तन

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रयोग गरी विदेशबाट कल गर्दा लाग्ने पल्स दर (Retail Pulse Duration) मा परिमार्जन गरेको छ । कम्पनीले विभिन्न ६० देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स दर कायम राख्ने निर्णय गरेको जनाएको छ ।नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि ३० सेकेन्डको पल्स दर कायम रहेका देशहरूमा अब ६० सेकेन्डको पल्स दर कायम गरिएको ...

आइसिटी समाचार
प्रविधि, सुरक्षा र नवप्रवर्तनमा नेपाल-भारत साझेदारी : आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
TechnologyJust now

प्रविधि, सुरक्षा र नवप्रवर्तनमा नेपाल-भारत साझेदारी : आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।दुई देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषिलगायतका विषय समेटिएका आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्पन्न ...

आइसिटी समाचार
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
TechnologyJust now

ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

काठमाडौं । ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ । ललितपुरको पुल्चोकमा भएको कार्यक्रममा स्पेन, भारत र इटालीका साथै नेपालका आर्किटेक्ट तथा प्रविधि विशेषज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए ।‘एक्सप्लोरिङ आइडियाज, इन्स्पायरिङ डिजाइन’ मूल नारासहित आयोजित सम्मेलनमा ऐतिहासिक सम्पदाको मौलिकता जोगाउने उपाय, निर्माण सामाग्रीमा भएका नयाँ प्रयोग ...

आइसिटी समाचार
नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा
TechnologyJust now

नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर तथा इनोभेसन हब स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।भारतको राजधानी नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले नेपालका युवाको क्षमता, सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement