Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
Photo / Coverage: विश्वखबर

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन् । त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रुपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ । ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए । विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ ।ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
Latest NewsJust now

नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य

काठमाडौँ । जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन । कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन् । त्यतिबेलासम्म रोगले गम्भीर... ...

रातोपाटी
भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का
Latest NewsJust now

भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

भिक्टोरिया। अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले विनाशकारी पराजय भोगेको छ। आइतबार सार्वजनिक नतिजाअनुसार मध्य–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि सत्तामा फर्किएको छ। आधाभन्दा बढी मत गणना भइसकेको अवस्थामा केन्द्र–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धनले राज्यको तल्लो सदनमा बहुमत सिट जितेको छ। स्थानीय मिडियाको प्रक्षेपणअनुसार लेबर पार्टी राज्यको तल्लो सदनमा तेस्रो ठूलो दल बन्न सक्ने अवस्थामा पुगेको छभने त्यसपछि बायाँपन्थी ...

नेपालन्युज
डा. केशव शर्माले पाए मस्कुलोस्केलेटल इमेजिङमा फेलोसिप
Latest NewsJust now

डा. केशव शर्माले पाए मस्कुलोस्केलेटल इमेजिङमा फेलोसिप

पोखरा । गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका एसोसिएट प्रोफेसर तथा रेडियोलोजी विभाग प्रमुख डा. केशव शर्माले भारतको प्रतिष्ठित मस्कुलोस्केलेटल सोसाइटी (एमएसएस) अन्तर्गतको ‘फेलोसिप इन मस्कुलोस्केलेटल इमेजिङ’ पाएका छन् । पोखरामा लामो... ...

रातोपाटी
म्यानमारमा सेनाको हवाई आक्रमण- विवाह समारोह र विद्यालयमा गरी ४१ जनाको मृत्यु
Latest NewsJust now

म्यानमारमा सेनाको हवाई आक्रमण- विवाह समारोह र विद्यालयमा गरी ४१ जनाको मृत्यु

एजेन्सी– म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा विवाह समारोहमा सहभागी र विद्यालयका विद्यार्थी तथा शिक्षकसहित कम्तीमा ४१ जनाको मृत्यु भएको छ। शनिबार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह समारोह भइरहेको स्थलमा सेनाले हवाई आक्रमण गर्दा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। यसअघि बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रस्थित इन योन गाउँको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement