उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। “टीकाका दिन आज आफन्तकामा आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रुपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ”, उनले भने। ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्धरुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन् । दसैँ मनाउन गाउँघर पुगेको सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुनः काठमाडौँ फर्कने क्रम पनि आजैदेखि सुरु भएको छ। नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी सधानको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागु औषध सेवन गरे, नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए। ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ। अब दसैँ मानेर काठमाडाैँ फर्कने यात्रुको चाप बढ्ने हुँदा प्रमुख नाका र राजमार्गमा सोही अनुसारको व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। दसैँका अवसरमा काठमाडौँ उपत्यकाबाट करिब दश लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न
महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा... ...

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी
काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसी पालन गरी... ...

माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
जातीय विभेदविरुद्ध न्याय माग्दै १८६ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन थालेकी दीपा नेपालीले यस वर्षको दसैं माइतीघर मण्डलको सडकमा बिताइन् । ...

घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती
दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् । ...


