काठमाडाैँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपाल–अष्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भयो। सो अवसरमा मन्त्री साहले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका समयमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनमा दुई देशबिच व्यापार विस्तार, आर्थिक साझेदारी तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत छलफल भएकाे थियाे । नेपाल र अष्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावनाहरू अघि बढाउने विषयमा भेट सकारात्मक रहेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टबिच शिष्टाचार भेट

Read Complete Original Article
Published originally on टक्सार


_CtEpYGPjdK.webp)



