उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्। सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए। ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ। प्रदर्शनीका क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कका नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ। किमले आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा उत्तर कोरियाले परम्परागत हतियारको आधुनिकीकरणसँगै कृत्रिम बौद्धिकता र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्ने बताएका छन्। यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ। ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढासम्म पुगेका थिए। यस वर्ष उत्तर कोरियाले गरेको यो १७औँ क्षेप्यास्त्र परीक्षण हो।–रासस The post उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher
North Korea has showcased its unmanned aerial technology, including artificial intelligence (AI)-powered defence capabilities, and publicly demonstrated its 600-millimetre “Sniper” multiple rocket launcher for the first time, with leader Kim Jong-un calling for “absolute superiority” in drone technology, Yonhap News Agency reported on Friday. The demonstration was held on Thursday alongside an exhibition on unmanned aeronautical technology attended by Kim, according ...

शेयर बजार नास्डाक तीन महिनाकै न्यून बिन्दुमा, अमेजन र इन्टेलको आम्दानी विवरणपछि लगानीकर्ताहरू चिन्तित
शुक्रबार ‘नास्डाक’ करिब तीन महिनायताकै न्यून विन्दुमा झरेको छ। अमेजनको कृत्रिम बुद्धिमत्ता सम्बन्धी आक्रामक लगानी योजना र इन्टेलको नगद खर्चसम्बन्धी चेतावनीले, एआई पूर्वाधार निर्माणको बढ्दो लागत र लगानीबाट प्रतिफल प्राप्त हुने समयसीमालाई लिएर चिन्ता बढाएपछि यस्तो गिरावट आएको हो। प्रविधि कम्पनीहरुको बाहुल्य रहेको नास्डाकमा २.९ प्रतिशतको गिरावट आयो, जबकि ब्लु-चिप डाउ ४४२ अंक वा ०.८ प्रतिशतले घट्यो। एस एन्ड पी ५०० ...

समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा महासंघको घोर आपत्ति
समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले घोर आपत्ति प्रकट गरेको छ। नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी पक्राउ गरिएको तथा नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघले विज्ञप्ति जारी गर्दै निन्दा र खेद व्यक्त गरेको छ। “मैनालीलाई लिन आएको प्रहरी ५ ...


