Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उछृङ्खल गतिविधि बढेपछि मोरङ प्रशासनद्वारा फुड फेस्टिभल तत्काल बन्द गर्न निर्देशन

उछृङ्खल गतिविधि बढेपछि मोरङ प्रशासनद्वारा फुड फेस्टिभल तत्काल बन्द गर्न निर्देशन

10/20/2026, 7:19:37 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
उछृङ्खल गतिविधि बढेपछि मोरङ प्रशासनद्वारा फुड फेस्टिभल तत्काल बन्द गर्न निर्देशन

मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा सञ्चालन भइरहेको ‘फुड फेस्टिभल’ तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ। फेस्टिभलका क्रममा शान्ति सुरक्षामा गम्भीर चुनौती बढेको निष्कर्ष निकाल्दै प्रशासनले तत्काल बन्द गर्न निर्देशन दिएको हो।

​जिल्ला प्रशासन कार्यालय मोरङले मङ्गलबार जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गर्दै सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको उक्त मेला तत्काल बन्द गराउन भनेको छ।

​प्रशासनका अनुसार मेला सञ्चालनका लागि अनुमति दिँदा तोकिएका सर्तहरू आयोजकले उल्लङ्घन गरेको पाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए।

उनका अनुसार, फेस्टिभलका क्रममा उच्छृङ्खल गतिविधिहरू बढेको र सार्वजनिक शान्ति सुरक्षामा खलल पुगेको भन्दै स्थानीयवासीबाट पटक(पटक गुनासो प्राप्त भएपछि प्रशासनले फुड फेस्टिभल रोक्नु परेको हो।

​प्रशासनको निर्णयसँगै विराटचोकमा जारी फुड फेस्टिभल तत्कालका लागि रोकिने भएको छ। जिल्ला प्रशासन कार्यालयले उक्त पत्रको बोधार्थ सुन्दरहरैँचा नगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण र आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य संघलाई समेत पठाएको छ। संघले आजैदेखि मेलमा स्थगित गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
ताजा खबरJust now

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो

परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

कान्तिपुर
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
ताजा खबरJust now

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

रातोपाटी
कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
ताजा खबरJust now

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?

न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

कान्तिपुर
क्रिकेट टोली स्वदेश फिर्ता
ताजा खबरJust now

क्रिकेट टोली स्वदेश फिर्ता

ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play