उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन हुम्लाको आग्रह

हुम्ला । जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ गते देखि १४ गतेसम्म वर्षाका साथै हिमपातको सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले सूचना सार्वजनिक गरेर जरुरी काम नपरी एक स्थानबाट अर्को स्थानसम्म यात्रासमेत नगर्न आग्रह गरेको हो । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले सूचना जारी गर्दै बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्र, राजमार्ग तथा ग्रामीण सडकमा सतर्क रहन सबैलाई आग्रह गरेका छन् । मौसम विभागले तोकेको उक्त समयभित्र खोला किनार, पहिरो ग्रस्त क्षेत्रमा सर्वसाधारणलाई नजान र विपदको पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई प्रेस नोटमार्फत उनले आग्रह गरेका छन् । साथै हुम्ला जिल्लाका केही स्थानमा हावहुरी सहित मध्यम वर्ष तथा एक दुई स्थान भारी वर्षाको संभावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात संम्भावना रहेकोले सवैलाई सतर्कता अपनाउन उको अनुरोध छ । यो अवधिमा धानलगायत बालीनाली कटानी, भित्र्याउने तथा सुरक्षित भण्डारण गर्ने कार्य नगर्न, पर्यटक, तीर्थयात्री तथा ट्रेकरहरु उच्च हिमाली क्षेत्रमा नजान र पुगि सकेकाले सो अवधिमा सुरक्षित स्थानमा रहन र उच्च चरन क्षेत्रमा रहेका पशु चौपाय, गोठाला तथा उच्च हिमाली क्षेत्रमा जडिबुटी संङ्कलन गर्न गएका ब्यक्तिहरुले तत्काल सुरक्षित स्थानमा सर्नका लागि पनि प्रशासनले अनुरोध गरेको छ ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


