उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह

काठमाडाैँ । देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् बिभूति पोखरेलले देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताएकी छिन् । केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उहाँको भनाई छ । भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उनले बताएकी हुन् । उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरिन् । बिहीबार बेलुकादेखि शनिबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष शतर्कता अपनाउनुपर्ने उनले बताइन् । यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनको भनाइ छ । उनले भनिन्, “आज लगभग देशभरि बदली नै हुने देखिन्छ । केही ठाउँहरुमा हल्कासम्म वर्षाको सम्भावना रहन्छ । बेलुका भने हल्कादेखि मध्यमसम्म थोरै स्थानहरुमा आउन सक्ने सम्भावना छ, साथै बेलुकाबाट नै उच्च हिमाली तथा पहाडी भूभागहरुमा हिमपातको सम्भावना रहन्छ । आज बेलुकाबाट शनिवारसम्म हामीले विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ, विशेष गरी उच्च पहाडी र हिमाली भूभागहरुमा बढी सतर्क हुनुपर्ने देखिन्छ । अरु स्थानहरुमा मध्यम, हल्कादेखि मध्यमसम्म वर्षाको धेरै ठाउँमा सम्भावना छ । भारी वर्षाको धेरै थोरै ठाउँहरुमा सम्भावना रहेको छ । अब धान काट्नेलाई पाकिसकेको धानलाई चाहिँ अब हामीले अगाडि नै भनेका थियौँ, अब चाहिँ काट्नु राम्रो हुँदैन, अब यो इभेन्ट सकिसकेपछि धान काट्नलाई केही फरक पर्दैन ।” उनले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पाकिसकेको धान काट्ने काम तत्काल नगर्न सुझाव दिइन् । उनले आइतबारदेखी काट्न सकिने उाले बताइन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका
उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्। बद्रीनाथबाट देहरादुनतर्फ उडिरहेको हेलिकप्टर जोशीमठ नजिकैको हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा हेलिकप्टर जोशीमठ नजिकै जेपी पावर हाउस क्षेत्रको पहाडी भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टर बेपत्ता भएको ...

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक
प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । ...

सरकारले निलम्बन गर्यो एनप्याब्सन, कारण के ?
• सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। • एनप्याब्सनले गृह मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार उल्लंघन गरेको र निर्देशन पालना नगरेको बताइएको छ। • मन्त्रालयले एनप्याब्सनको कार्यशैली विपरीतका गतिविधिहरूको कारण निलम्बन गरिएको जानकारी दिएको छ। ...

नेत्रज्योति संघद्वारा विपद् उद्धार कोषमा थप १६ लाख ३३ हजार सहयोग
काठमाडौं । नेपाल नेत्रज्योति संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ । सङ्घले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । संघका अनुसार हस्तान्तरण गरिएको रकममध्ये संघको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तर्राष्ट्रिय […] ...


