उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

डडेल्धुरा।महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ। दशैंको दिन पनि भव्य पूजाआजा गरिन्छ। मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उनको भनाइ छ। यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्ष पहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँ बस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो। त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ। तिनै लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि पुजारी रहेका छन्। उग्रतारा मन्दिर विशाल फाँटमा छ। डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नु पर्दैन। यसकारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीको भनाइ छ। उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो मेला लाग्ने गर्दछ। कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरतासाथ लडाइँ हुँदा रगतको खोला बग्ने जसलाई यहाँ न्वाखोलाका रुपमा नामाकरण गरिएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आन्द्रे रसेल विराटनगर किंग्समा
काठमाडौं।वेस्ट इन्डिजका विस्फोटक अलराउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। विराटनगर किंग्सले आइतबार ३८ वर्षीय रसेललाई अनुबन्ध गरेको जनाएको हो। यसअघि टोलीले श्रीलंकाका कप्तान चरित असलंकालाई पनि अनुबन्ध गरिसकेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा आफ्नो क्षमता देखाइसकेका रसेल आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित छन्। उनले हालसम्म ...

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गृहमन्त्री
शनिबार र आइतबार गृहमन्त्री सुधन गुरुङ बाढीले भत्काएका सडक र पुलको निरीक्षणमा व्यस्त रहे । चुमनुब्री, आरुघाट र धार्चे क्षेत्रका बाढी प्रभावितले गृहमन्त्रीलाई झोलुंगे पुल पुनर्निर्माणदेखि सडक सञ्चालन गर्नुपर्ने माग राखेका थिए । ...

रसेलले भने– विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु नै मेरो मुख्य लक्ष्य
तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्समा आबद्ध भएका वेस्ट इन्डियन आन्द्रे रसेलले टोलीलाई उपाधि जिताउन योगदान गर्ने बताएका छन्। विराटनगर किंग्ससँग आबद्ध भएपछि उनले उत्साहित रहेको बताउँदै समर्थकलाई खेल मनोरञ्जनका लागि आतुर रहेको टिप्पणी गरेका हुन्। ‘एनपीएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छ... ...

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन ...


