उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

डडेल्धुरा । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ। दसैँका दिन पनि यहाँ भव्य पूजाआजा हुने गर्दछ। मेलामा सुदूरपश्चिमका नौवटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उनले बताएका छन्। यो मन्दिरलाई सुदूरपश्चिमका नौ भगवतीका मन्दिरहरूमध्ये एक मानिन्छ। किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्षपहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँ बस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दा फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो। त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ। तिनै लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि पुजारी रहेका छन्। उग्रतारा मन्दिर विशाल फाँटमा छ। डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नु पर्दैन। यसकारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीले जानकारी दिएका छन्। उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजा तथा ठुलो मेला लाग्ने गर्दछ। कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध देइजात मेलामा प्राचीनकालमा गर्खाहरूबाट आएका लडाकुबिच वीरताका साथ लडाइँ हुँदा रगतको खोला बगेको र जसलाई यहाँ न्वाखोलाका रूपमा नामाकरण गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

झापामा बढ्यो सवारी दुर्घटना र मानवीय क्षति
झापामा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा सवारी दुर्घटना ...

रुस–युक्रेन युद्धको असर अन्तरिक्षमा पनि, रुसी भूउपग्रहको गतिविधिले झस्कायो अमेरिकालाई
काठमाडौँ। रुस र युक्रेनबिच जारी युद्धको असर अन्तरिक्षमा समेत देखा पर्न थालेको छ । रुसी सैन्य भूउपग्रह ‘कसमस–२६१२’ले आफ्नो कक्ष बारम्बार परिवर्तन गरेर अमेरिकी पञ्जीकृत व्यावसायिक राडार इमेजिङ भूउपग्रह ‘आईसीईवाईई–एक्स३६’को... ...

बस नालामा पल्टिँदा १० जना घाइते
चितवनको राप्ती नगरपालिका-२, सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्। ...

धर्मलाई विवाद होइन समाधानको माध्यम बनाउँ
धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । ...


