Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह

इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह

10/29/2026, 7:07:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द  केसीले सुरु गरे सत्याग्रह

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इलाममा मेडिकल कलेज सञ्चालन हुनुपर्ने उनको माग छ। उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको आरोपसमेत लगाएका छन्। सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरी आफूलाई पटक–पटक झुक्याउँदै आएको उनको भनाइ छ। डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो
OthersJust now

आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो

नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही सीमित व्यक्तिहरूको चालबाजीप्रति सचेत रहेको उल्लेख गरिएको छ। पछिल्लो समय केही सञ्चारमाध्यम ...

पर्दाफास
मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी
OthersJust now

मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी

१२ कात्तिक, काठमाडौं । मोरङको रतुवामाइमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक गरेर तीन जनालाई पक्राउ गरेको हो । उनीहरूबाट ५ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी गराएको छ । साथै, उनीहरूको साथबाट पेस्तोल… ...

अनलाइन खबर
प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?
OthersJust now

प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?

१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) को बैठक बसेको छ । दिउँसो सवा २ बजेबाट सुरु भएको बैठक साँझ पौने ८ बजेसम्म चलेको थियो । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन सरकारबाटै दबाब पुगेको भन्नेसम्मका चर्चाबीच… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play