Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

इलामको गजुरमुखी धाममा दैनिक पाँच सयसम्म तीर्थालु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इलामको गजुरमुखी धाममा दैनिक पाँच सयसम्म तीर्थालु
Photo / Coverage: नेपालन्युज

इलाम। इलामको माङसेबुङ गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा तीर्थालु भक्तजनको चहलपहल बढेको छ। देवीको दर्शन गर्न र भाकल बुझाउन आउने भक्तजनको सङ्ख्या बढेको धामका पुजारी सन्तोष बस्नेतले जानकारी दिए। कात्तिक पूर्णिमाको अवसरमा मङ्गलबारदेखि सुरु हुने परम्परागत गजुरमुखी धार्मिक मेलालाई लक्षित गरी भक्तजनको घुइँचो बढेको हो। धार्मिक मेलासँगै देवीको दर्शनसमेत गर्न पाइने भएकाले अहिले धाम आउनेको सङ्ख्या उल्लेख्य बढेको बस्नेतले बताए। उनका अनुसार पछिल्लो दुई महिनायता नेपालको पूर्वी क्षेत्र तथा भारतका सिक्किम, दार्जिलिङ, मिरिक, खर्साङ, आसाम र कालेङबुङलगायत ठाउँबाट दैनिक सयौँ भक्तजन गजुरमुखी धाम पुग्ने गरेका छन्। पछिल्लो साता दैनिक पाँच सयको हाराहारीमा भक्तजन आउने गरेको उनले बताए। विशेषगरी शनिबार र मङ्गलबार भक्तजनको सङ्ख्या बढी हुने गरेको छ। गजुरमुखी धाममा दर्शन तथा भाकल गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। यहाँ भाकल गरे बोल्न नसक्नेहरूको बोली आउने र सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्ने जनविश्वाससमेत छ। यद्यपि, यी विश्वासको वैज्ञानिक परीक्षण भएको छैन। सामान्यतया असोजदेखि जेठसम्म धाममा भक्तजनको बढी घुइँचो लाग्ने गर्दछ। धार्मिक मेलाको तयारी तीव्र कात्तिक पूर्णिमाको अवसरमा परम्परागत रूपमा लाग्दै आएको गजुरमुखी धार्मिक मेलाको तयारी पनि तीव्र पारिएको छ। मङ्गलबार र बुधबार विभिन्न कार्यक्रमका साथ मेला आयोजना हुँदैछ। मेला व्यवस्थापनका लागि माङसेबुङ गाउँपालिका–१ नं. वडा कार्यालयको रोहबरमा स्थानीय गजुरमुखी धाम पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको वडा सदस्य ठाकुर श्रेष्ठले जानकारी दिए। सयौँ वर्षदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको श्रेष्ठले बताए। उनका अनुसार मेलामा गजुरमुखी देवीको दर्शन तथा पूजाआराधना, स्थानीय जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आयोजना गरिनेछ। खेलकुद प्रतियोगिताअन्तर्गत गजुरमुखी गोल्डकप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि नै सुरु भइसकेको छ। प्रतियोगिता सञ्चालनका लागि माङसेबुङ गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको मेला मूल व्यवस्थापन समिति अध्यक्ष नेम्वाङले जानकारी दिए। मेलामा सुरक्षा, प्रचारप्रसार, रात्रिकालीन दर्शन, आवास र भोजनलगायत व्यवस्था मिलाइँदैछ। धाम आसपास पाल टाँगेर दर्जनौँ अस्थायी टहरा निर्माण गरी होटल व्यवसाय सञ्चालन गर्ने तयारी गरिएको नेम्वाङले बताए। तीर्थालुलाई सहज रूपमा दर्शन गर्न र आवतजावत गर्न आवश्यक प्रबन्ध मिलाउने काम भइरहेको उनले जानकारी दिए। गजुरमुखी धाम इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा पर्छ। इलामको नेपालटार–मङ्गलबारे–धुसेनी सडक हुँदै मङ्गलबारेसम्म ३० किलोमिटर पक्की सडक र त्यसपछि कच्ची सडकमार्फत धाम पुग्न सकिन्छ। झापाको दमकबाट दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) हुँदै माङसेबुङको चतुरेसम्म २९ किलोमिटर कच्ची र त्यसपछि १४ किलोमिटर कालोपत्रे सडकबाट पनि गजुरमुखी पुग्न सकिन्छ। त्यस्तै, पाँचथरको राँकेबाट राँके–गैडेँ सडक तथा रविबाट हुलाक–नाङरुङ–गजुरमुखी दोभान कच्ची सडक हुँदै धाम पुग्न सकिन्छ। गजुरमुखी इलामका प्रमुख धार्मिक तथा पर्यटकीयस्थलमध्ये एक हो। जिल्लाका अन्य धार्मिकस्थल माइपोखरी, सानो पाथीभरा, माङसेबुङ र माङमालुङमा पनि भक्तजनको चहलपहल बढ्न थालेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

२५० करोड भारु खर्चेर ‘रेनोभेट’ गरेको दिल्लीको ताज महल : जहाँ बस्दै छन् प्रधानमन्त्री शाह

भारतको २ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राखिएको प्रसिद्ध होटल ताज महल विश्वकै चर्चित व्यावसायिक घराना टाटा समूहको हो। टाटा समूहको स्वामित्वमा रहेको इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ३ वर्ष अगाडि करिब २५० करोड भारतीय रुपैयाँ खर्चेर होटलको पुनर्निर्माण गरेको थियो। ताज मानसिंहका नामले समेत परिचित यो होटल दिल्लीको विलासी आतिथ्य क्षेत्र... ...

नेपालखबर
नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु
Latest NewsJust now

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेनसँग भेटघाट सुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहसँग नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय नेताहरूबिच भेटघाट सुरु भएको हो । नयाँदिल्लीस्थित होटल ताजमहलमा... ...

रातोपाटी
कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति
Latest NewsJust now

कीर्तिपुरको सिरक–डसना उद्योगमा आगलागी, २५ लाखको क्षति

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ। आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसना जलेर क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए। उनका अनुसार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement