काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग लगाइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले सन् २०२६ को वसन्तयाममा युरोपमा भएका १८ वटा आक्रमणको जिम्मेवारी लिएको समूहसँग सम्बन्ध राखेका थिए । तीमध्ये सात वटा आक्रमण बेलायतमा भएका थिए। आक्रमणमा आगजनी, विस्फोटक पदार्थ प्रयोग तथा लन्डनमा दुई यहुदी नागरिकमाथि चक्कु प्रहारका घटना समावेश छन् । अमेरिकी न्याय मन्त्रालयले अल सादीले बेलायतमा रहेका सहयोगीलाई आर्थिक सहयोग गरी हवाई सैन्य अड्डाको निगरानी गर्न, इन्धन भरिएका ट्याङ्की र सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिएको आरोप लगाएको छ । गत सेप्टेम्बर २७ मा सैन्य अड्डानजिक तीनवटा शङ्कास्पद भ्यान देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर इरानले उक्त घटनामा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी सङ्घीय अनुसन्धान निकायका निर्देशक काश पटेलले अभियुक्तहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर र इरान समर्थित सशस्त्र समूहको सहयोगमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् । The post इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

Read Complete Original Article
Published originally on कर्पोरट खबर






