इरानलाई अमेरिकी उपराष्ट्रपति भान्सको सर्तसहितको पत्र

काठमाडौं । अमेरिका र इरानबीच सम्भावित सैन्य टकरावको जोखिम बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाइलाई कूटनीतिक पत्र पठाएका छन्। इरानमाथिको सम्भावित अमेरिकी सैन्य हमलालाई रोक्न गरिने जुनसुकै वार्तामा ‘परमाणु मुद्दामाथिको छलफल’ अनिवार्य हुनुपर्ने सर्त उपराष्ट्रपति भान्सले पत्रमार्फत राखेका छन्। मध्यावधि निर्वाचन लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः ठूलो सैन्य कारबाही सुरु गर्ने सोच बनाइरहेका बेला महिनौंपछि दुई देशबीच उच्च स्तरमा यो कूटनीतिक सम्पर्क भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार उपराष्ट्रपति भान्स स्वयंले राष्ट्रपति ट्रम्पलाई इरानी राष्ट्रिय सुरक्षा प्रमुख रेजाइलाई पत्र पठाउने प्रस्ताव राखेका थिए। रेजाइ इरानका शीर्ष सुरक्षा रणनीतिज्ञ हुनुका साथै सर्वोच्च नेता मोज्तबा खामेनेइसँग सिधा सम्पर्कमा रहने शक्तिशाली पात्र मानिन्छन्। पत्र पठाउने समय खुलाउन अस्वीकार गर्दै एक अमेरिकी अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्प यस पत्रको विषयलाई लिएर निकै उत्साहित हुनुहुन्थ्यो।’ भान्सले इरानी अधिकारीलाई पत्राचार गरेको विषय पहिलोपटक ‘द वाल स्ट्रिट जर्नल’ ले सार्वजनिक गरेको थियो। वार्ता पुन: सुरु गर्ने प्रयासमा मुख्य अड्चन दुई देशबीच पुनः कूटनीतिक वार्ता सुरु गर्ने प्रयासमा दुवै पक्षका आ-आफ्नै कडा सर्तहरू बाधक बनेका छन् । इरानले अमेरिकासँग वार्तामा बस्नुअघि अमेरिकाले आफूमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, रोक्का राखिएका इरानी कोषहरू फुकुवा गर्नुपर्ने र तेल बिक्री गर्न अनुमति दिनुपर्ने पूर्वसर्त राखेको छ। अमेरिकाले भने इरानलाई कुनै पनि प्रकारको प्रतिबन्धमा छुट दिनुअघि इरान बिनासर्त परमाणु वार्तामा फर्किनुपर्ने अडान कायम राखेको छ। बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति भान्सको पत्रको मुख्य उद्देश्य इरानलाई आवश्यक चिकित्सा सामग्री उपलब्ध गराउनु रहेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले भने,’मूलतः, यो पत्र बिरामी परेका र स्वास्थ्य समस्यामा रहेका इरानी जनतालाई मद्दत गर्नका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू पुर्याउनेसँग सम्बन्धित छ।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएल : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डू गोर्खाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् । काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत […] ...

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर... ...

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले... ...

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, लिन सक्छन् यी ३ विकल्पको सहारा
इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैको गठबन्धन बहुमतबाट टाढा छन्। इजरायली संसद्‌मा जम्मा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सिट चाहिन्छ। यद्यपि नेतन्याहुले कम सिटमा पनि सरकार गठन गर्न सक्छन्। उनला... ...


