इरानमाथि नयाँ हमलाको तयारी, तेहरानको चेतावनी

काठमाडाैँ। अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। ‘द न्युयोर्क टाइम्स’ का अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन्। इरानी रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिनुभएको छ। तर, इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत पिक्याक्स माउन्टेन आणविक केन्द्रमा २२ हजार पाउन्ड तौलको एमओएबी बम प्रयोग गर्ने विचार गर्नुभएको भन्ने प्रतिवेदनपछि इरानको चेतावनी आएको हो। यद्यपि, विशेषज्ञहरूले उक्त बमले ग्रेनाइट चट्टानभित्र रहेको केन्द्र नष्ट गर्न सक्नेमा शङ्का व्यक्त गरेका छन्। ट्रम्पले नयाँ आक्रमणलाई स्वीकृति दिनुहुन्छ वा दिनुहुन्न भन्ने अझै स्पष्ट छैन। अमेरिकाले नोभेम्बरको सुरुसम्ममा तीन विमानवाहक युद्धपोत, हजारौँ नौसैनिक, लडाकू विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ। यसैबिच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दबाब र युद्धका बाबजुद आफ्नो देश दृढ रहने बताए। इरानले सम्भावित नयाँ युद्धको असर ऊर्जा पूर्वाधार र व्यावसायिक ढुवानीमा मात्र सीमित नहुने चेतावनी दिएको छ। इरानी अधिकारीहरूका अनुसार, द्वन्द्व डाटा केन्द्र र समुद्रमुनिका इन्टरनेट केबलसम्म फैलिन सक्छ। केही अमेरिकी योजनाकारले तीन दिनको आक्रमणले इरानलाई वार्तामा सहुलियत दिन बाध्य पार्न सक्ने ठाने पनि अघिल्लो अमेरिका–इजरायल आक्रमणले ऊर्जा मूल्य र मुद्रास्फीति बढाएको तथा क्षेत्रीय सुरक्षा कमजोर पारेको प्रतिवेदनमा उल्लेख छ। अमेरिका र इजरायलको सैन्य तयारी तथा कूटनीतिक प्रयास जारी रहँदा ट्रम्पको अन्तिम निर्णय र इरानको सम्भावित प्रतिक्रियाबारे अनिश्चितता कायमै छ। सम्भावित आक्रमणले पश्चिम एसियामा व्यापक युद्ध निम्त्याउन सक्ने चिन्ता बढेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको १७ अर्ब कहाँ खर्च हुँदै छ ?
• भोटेकोशी–त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ, तर हालसम्म एक अर्ब रुपैयाँ मात्र निकासा गरिएको छ। • राहत वितरण, सडकको ट्र्याक खोल्ने र उद्धारका सामग्री खरिदमा रकम खर्च भइरहेको छ, र कोषको रकम पारदर्शी रूपमा खर्च गरिने आश्वासन दिइएको छ। • पुनर्निर्माणका लागि आवश्यक रकम कोषमा जम्मा भएको रकमभन्दा धेरै बढी ...

एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाँदा के हुन्छ?
• एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाने लक्ष्य स्वास्थ्यप्रति सचेत मानिसहरूबीच लोकप्रिय हुँदै गएको छ, जसले आन्द्राको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। • विभिन्न अध्ययनहरूले वनस्पतिजन्य खानेकुराको विविधता आन्द्रामा सूक्ष्मजीव समुदायको विविधता बढाउन मद्दत गर्ने र समग्र स्वास्थ्यमा सुधार ल्याउने संकेत गरेका छन्। • ३० प्रकारको लक्ष्य अनिवार्य नभएर स्वास्थ्य लाभका लागि व्यावहारिक मापदण्डको रूपमा लिइनु पर्छ, र २०-२५ ...

वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो । यो... ...

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव
दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ । ...


