इरानको तेल र देश नै कब्जा गर्न सक्छु: ट्रम्प

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाहीको सङ्केत गर्दै आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्। शुक्रबार ह्वाइट हाउसबाट फ्लोरिडामा आयोजित र्यालीमा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताएका हुन्। ट्रम्पले भने, इरानले अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन। हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ। हामी पूरै देश नै कब्जा गर्न सक्छौँ। इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने बताए। उनले भने, हामी यसलाई निकै छिटो अन्त्य गर्न सक्छौँ। प्रश्न यो हो-के हामी यसलाई पूर्ण रूपमा टुङ्ग्याउन चाहन्छौँ वा आफैँ कमजोर हुँदै जान दिने हो? फ्लोरिडाको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य कारबाहीको सङ्केत गर्दै भने, हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ। ‘एपिक फ्युरी’ फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ। अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो। यद्यपि, इरानविरुद्ध अर्को सैन्य कारबाही गर्ने विषयमा ट्रम्पले अन्तिम स्वीकृति दिने वा नदिने भन्ने अझै अनिश्चित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ७ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले बेपत्ता भएका थप अठार वटा चौँरीगाईको सकुशल उद्धार गरि... ...

गंगापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी आरोही मृत भेटिए
मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् । ...

दसैंअघिको सुनसान मुस्ताङमा पर्यटकीय चहलपहल
बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकामा दसैँपछि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । ...

एमाले भ्रष्टाचारीको संरक्षक हो, तत्काल एकता सम्भव छैन: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध ... ...


