Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इरानको अडान: एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ

इरानको अडान: एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानको अडान: एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ

काठमाडौं । इरानले आफ्नो एक ग्राम पनि प्रशोधित युरेनियम अर्को देशमा नपठाउने स्पष्ट पारेको छ । अमेरिकाले विश्वास दिलाउने ठोस कदम नचालेसम्म र इरानका सबै सर्त पूरा नगरेसम्म वार्ता पनि नहुने इरानी अधिकारीहरूले बताएका छन् । इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले विश्वास जित्ने कदम चाल्नुपर्ने र इरानका सर्त स्वीकार गर्नुपर्ने बताएका हुन् । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि अमेरिकाले इरानका सात सर्त पूरा नगरेसम्म विश्वास जित्न नसक्ने बताएका छन् । ती सर्तहरूमा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने र क्षेत्रका सबै मोर्चामा युद्ध रोक्ने माग समावेश छन् । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पनि आणविक हतियार बनाउन आवश्यक स्तरको नजिक पुगेको प्रशोधित युरेनियम देशबाहिर पठाउन नहुने बताउँदै आएका छन् । इरानको आणविक कार्यक्रम अमेरिका र इरानबीच सहमति कायम गर्ने प्रमुख बाधक बनेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसै महिनाको सुरुवातमा इरानले युरेनियम प्रशोधन गर्ने क्षमतामा ठोस कटौती गर्नुपर्ने बताएका थिए । उनका अनुसार अमेरिका र इरानबीच आठ महिनादेखि जारी युद्ध अन्त्य गर्न पनि यो आवश्यक छ । प्रशोधित युरेनियममा एक प्रकारको आणविक कणको मात्रा बढाइएको हुन्छ । यसको प्रयोग आणविक ऊर्जा उत्पादनका साथै आणविक हतियार निर्माणमा पनि हुन सक्छ । अमेरिका, इजरायल र केही पश्चिमी देशले इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । इरानले युरेनियमलाई ६० प्रतिशतसम्म प्रशोधन गरिसकेको विषय उनीहरूको चिन्ताको प्रमुख कारण हो । सामान्य नागरिक प्रयोजनका लागि आणविक ऊर्जा उत्पादन गर्दा यति उच्च स्तरको प्रशोधन आवश्यक पर्दैन भने आणविक हतियारमा प्रयोग हुने युरेनियमको प्रशोधन स्तर करिब ९० प्रतिशत हुन्छ। इरानले भने आणविक हतियार बनाउन खोजेको आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर १५ मा दिएको अन्तर्वार्तामा इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने बताएका थिए । ट्रम्पले इरानसँग कहिल्यै आणविक हतियार नहोस् भन्ने सुनिश्चित गर्न अमेरिका चाहेको बताएका छन् । इरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न सक्ने उनको दाबी थियो । ट्रम्पले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पहाडमुनि रहेको केन्द्रलाई निशाना बनाउनुपर्ने सम्भावना पनि औँल्याएका छन् । यद्यपि, उनले इरानविरुद्धको युद्धमा अमेरिकाले आणविक बम प्रयोग नगर्ने स्पष्ट पारेका छन् । The post इरानको अडान: एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम
ताजा खबरJust now

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

एजेन्सी : ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ। तरल पदार्थको प्रवाहलाई प्रभावित गर्ने भौतिकशास्त्रका आधारभूत स्थिरताहरू पनि जीवनका लागि अनुकूल हुनुपर्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। ब्रह्माण्डमा तारा चम्किने, ग्रह बन्ने र पानी अस्तित्वमा रहने अवस्था भए पनि तरल पदार्थ अत्यधिक बाक्लो भएर बग्न नसक्ने … ...

उकेरा
राष्ट्रपतिदेखि सर्वसाधारणसम्म दसैँको टीकामा
ताजा खबरJust now

राष्ट्रपतिदेखि सर्वसाधारणसम्म दसैँको टीकामा

काठमाडौँ। बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा बुधबार देशभर टीका, जमरा र प्रसाद ग्रहण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गरेका छन्। सर्वसाधारणले पनि मान्यजनबाट टीका र जमरा थापेर दसैँ मनाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेपछि ...

नेपालन्युज
बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट
ताजा खबरJust now

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । बुधबार बडादसैँका अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशवासी, दिदीबहिनी, दाजुभाइ […] ...

काठमाण्डुपाटी
विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं उपत्यकामा चहलपहल बाक्लियो, आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को
ताजा खबरJust now

विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं उपत्यकामा चहलपहल बाक्लियो, आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को

नेपालीहरूको महान पर्व बडादसैँको मुख्य दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र पहेँलो जमरा ग्रहण गरेसँगै काठमाडौं उपत्यकाका सडकहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको छ। घटस्थापनादेखि नै सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकहरूमा आफन्तकहाँ टीका र आशीर्वाद थाप्न जानेहरूको आवागमन दिउँसोदेखि निकै बाक्लिएको हो। नेपालीहरूको महान चाड बडा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play