Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

इन्फिनिक्सको नेपालकै पहिलो ब्रान्ड स्टोर ललितपुरको पुल्चोकमा सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्फिनिक्सको नेपालकै पहिलो ब्रान्ड स्टोर ललितपुरको पुल्चोकमा सञ्चालन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं। विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै नेपालकै पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकस्थित दमकल नजिक रहेको उक्त स्टोरको उद्घाटन २०२६ नोभेम्बर १ (२०८३ कात्तिक १५ गते) मा इन्फिनिक्स नेपालका ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले गरे । उद्घाटन समारोहमा इन्फिनिक्सका प्रतिनिधिहरू, व्यावसायिक साझेदारहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो । समारोहले नेपाली बजारमा इन्फिनिक्सको बढ्दो लोकप्रियता र नेपाली उपभोक्तामाझ आफ्नो पहुँच विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप उजागर गरेको छ। नवनिर्मित इन्फिनिक्स ब्रान्ड स्टोर ग्राहकहरूलाई नयाँ र विशेष ब्रान्ड अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। यस स्टोरमा ग्राहकहरूले इन्फिनिक्सका पछिल्ला स्मार्टफोनहरू प्रत्यक्ष रूपमा हेर्न, तिनमा उपलब्ध नयाँ प्रविधिहरूको अनुभव लिन तथा आफ्नो आवश्यकताअनुसार उचित परामर्श प्राप्त गर्न सक्नेछन् । आकर्षक डिजाइन, आधुनिक प्रविधि र दमदार कार्यक्षमतासहितका इन्फिनिक्सका विभिन्न स्मार्टफोनहरू एउटै छानामुनि उपलब्ध हुनेछन्। नेपालकै पहिलो इन्फिनिक्स ब्रान्ड स्टोरको सञ्चालनले नेपाली बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै ब्रान्डका नयाँ उत्पादन तथा प्रविधिहरू ग्राहकहरूमाझ सहज रूपमा पु–याउने इन्फिनिक्सको योजनालाई थप गति दिनेछ । यस स्टोरमार्फत ग्राहकहरूले स्मार्टफोनका विशेषताहरू प्रत्यक्ष रूपमा बुझ्न र आफ्नो आवश्यकता तथा रुचिअनुसार सही उत्पादन छनोट गर्न सक्नेछन् । यस महत्वपूर्ण उपलब्धिसँगै इन्फिनिक्सले नेपालभरका प्रविधिप्रेमी तथा स्मार्टफोन प्रयोगकर्ताहरूसँग अझ नजिकको सम्बन्ध स्थापित गर्दै नवीन प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रयोग अनुभवलाई सबैको पहुँचमा पु–याउने आफ्नो यात्रालाई निरन्तरता दिने विश्वास लिएको छ । The post इन्फिनिक्सको नेपालकै पहिलो ब्रान्ड स्टोर ललितपुरको पुल्चोकमा सञ्चालन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए
Latest NewsJust now

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

हैदराबाद । एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मङ्गलबार भारी वर्षा भएको छ । चक्रवात मुरासुका कारण सम्भावित जोखिमबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय बन्द गर्नुका साथै रेल र केही हवाई सेवा रोकिएको छ । भारतीय मौसम विभागका अनुसार चक्रवात मुरासु मङ्गलबार बिहान आन्ध्र प्रदेशको प्रकाशम जिल्लास्थित ओङ्गोल नजिकै तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसबेला ...

केन्द्रबिन्दु
जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा
Latest NewsJust now

जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा जारी छ । खेलमा टस जितेको जनकपुरले विराटनगरलाई व्याटिङको निम्तो दिँदै पहिले बलिङ गरिरहेको छ । ...

रातोपाटी
एनपीएल: जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

एनपीएल: जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेपछि जनकपुरका कप्तान हरमित सिंहले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। यस खेलमा जनकपुर बोल्ट्सको कप्तानी हरमित सिंहले गरिरहेका छन् भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्नेछन्। ...

नेपालन्युज
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु
Latest NewsJust now

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु

लुम्बिनी । लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान् तथा साधक सहभागी छन् । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना गरिएको कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरिनेछ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play