Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको छ : डा. डिला संग्रौला

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको छ : डा. डिला संग्रौला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग भइरहेको विषयलाई स्पष्ट पारेको बताउनुभएको छ। उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको भए पनि मुलुकमा भइरहेका गतिविधिले सरकारको जवाफदेहिता र कार्यशैलीमाथि प्रश्न उठाएको बताउनुभएको छ।उहाँले लेख्नुभएको छ, “इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ। देशमा प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ कि को हुनुहुन्छ भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन, छाडातन्त्र हावी भएका उदाहरणहरू देखिन थालेका छन्।” महामन्त्री संग्रौलाले लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोपसमेत लगाउनुभएको छ। सत्तामा रहेकाहरूले गरेका गल्तीहरू क्रमशः सार्वजनिक हुँदै जाँदा त्यसको जवाफदेहिताबाट पन्छिन नसकिने उहाँको भनाइ छ। उहाँले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गर्दै यसबारे सरकारसँग जवाफ माग्नुभएको छ। “प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनुपर्ने पालो सत्ता र सत्तारूढ दलको हो,” उहाँले लेख्नुभएको छ। संग्रौलाले सरकार र सत्तारूढ दलले प्रतिपक्षलाई मात्रै प्रश्न गर्ने प्रवृत्तिमाथि पनि आपत्ति जनाउनुभएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा सत्तापक्ष पनि आफ्ना कामकारबाहीप्रति उत्तिकै जवाफदेही हुनुपर्ने उहाँको भनाई छ । उहाँले प्रश्न गर्नुभएको छ, “कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल
PoliticsJust now

१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित ओली निवासमा करिब एक घण्टा एकान्त भेटवार्ता भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थिति र मधेश प्रदेश सरकारको समीकरणलाई लिएर छलफल भइरहेको समयमा दुई प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मंगलबार साँझ करिब ६ बजे ओली निवास पुगेका थापाले ...

फरकधार
प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा मिश्रीले नेपाली पक्षसँग उच्चस्तरीय भेटवार्ता गर्ने ...

फरकधार
ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
PoliticsJust now

ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्रेटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको प्रभाव रहेका केही क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवारले जित हासिल गरेको विवरण सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलनको सम्भावना देखिएको छ । ट्रम्पको दोस्रो कार्यकालको जनमत परीक्षणका रूपमा हेरिएको निर्वाचनमा डेमोक्रेटहरूले रिपब्लिकनको नियन्त्रणमा रहेका केही महत्त्वपूर्ण सिट आफ्नो पक्षमा पारेका छन् । ...

फरकधार
दुई तिहाइको जनादेश र जेनजी विद्रोहपछिको जनसमर्थनको हुर्मत लिने काम भयो : पूर्वडीआईजी रमेश खरेल
PoliticsJust now

दुई तिहाइको जनादेश र जेनजी विद्रोहपछिको जनसमर्थनको हुर्मत लिने काम भयो : पूर्वडीआईजी रमेश खरेल

काठमाडौं, कात्तिक १८ । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै खरेलले दुई तिहाइको जनादेश र जेनजी आन्दोलनपछि प्राप्त जनसमर्थनको सरकारले नै अवमूल्यन गरेको बताउनुभएकाे छ । खरेलले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘दुई तिहाइको जनादेश र जेनजी विद्रोहपछिको जनसमर्थनको हुर्मत कसरी लिइन्छ भन्ने विषय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play