Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण

10/29/2026, 7:28:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण

जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै परिसरले विभिन्न सञ्चारमाध्यममा अनुसन्धान अधिकारीलाई सूचनाको स्रोतका रूपमा सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक गरिएको समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो। परिसरका अनुसार उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन, विधि र प्रक्रियाबमोजिम गोप्य रूपमा भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धानको निष्पक्षता, व्यावसायिकता तथा गोपनीयता कायम राख्न प्रहरी सदैव प्रतिबद्ध रहेको परिसरले जनाएको छ। अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरेमा कानुनबमोजिम हुने चेतावनी दिँदै प्रहरीले मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने जनाएको छ। परिसरले त्यस्ता सूचना तथा सामग्री प्रकाशन गर्नुअघि तिनको आधिकारिकता पुष्टि गर्नसमेत अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो
OthersJust now

आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो

नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही सीमित व्यक्तिहरूको चालबाजीप्रति सचेत रहेको उल्लेख गरिएको छ। पछिल्लो समय केही सञ्चारमाध्यम ...

पर्दाफास
मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी
OthersJust now

मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी

१२ कात्तिक, काठमाडौं । मोरङको रतुवामाइमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक गरेर तीन जनालाई पक्राउ गरेको हो । उनीहरूबाट ५ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी गराएको छ । साथै, उनीहरूको साथबाट पेस्तोल… ...

अनलाइन खबर
प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?
OthersJust now

प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?

१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) को बैठक बसेको छ । दिउँसो सवा २ बजेबाट सुरु भएको बैठक साँझ पौने ८ बजेसम्म चलेको थियो । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन सरकारबाटै दबाब पुगेको भन्नेसम्मका चर्चाबीच… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play