Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इनम सापकोटाको आरोप : ‘चोलेन्द्र, गगन र उमेशविरुद्ध जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की’

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम सापकोटाको आरोप : ‘चोलेन्द्र, गगन र उमेशविरुद्ध जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की’
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मङ्सिर ११ । अनधिकृत कारोबार तथा उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कमा बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। श्रीमती कविता पाण्डेमार्फत शुक्रबार आयोगमा दर्ता गरिएको उजुरीमा सापकोटाले आफूलाई सुरक्षाकर्मीले जबर्जस्ती बयान दिन लगाएको र परिवारसमेतलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। सापकोटाको दाबीअनुसार उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको थियो। सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण तथा बयान दिन दबाब दिइएको थियो। उजुरीमा उनीहरूविरुद्ध बयान दिए आफूलाई छाडिदिने र नदिए आफू तथा परिवारलाई समेत नराम्रो हुने धम्की दिइएको उल्लेख छ। आफूले नचिनेका व्यक्तिहरूका विषयमा समेत सुरक्षाकर्मीले भनेअनुसार बयान दिन दबाब दिएको सापकोटाको आरोप छ। उनले आफूलाई मानसिक यातना दिइएको, प्रहरीले तयार पारेका विवरण ठूलो स्वरमा पढ्न लगाएको र पछि ती विवरणमा हस्ताक्षर गर्न दबाब दिएको दाबी गरेका छन्। आफूलाई थाहा नभएका विषयमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि झुटा मुद्दामा फसाउने धम्की दिइएको पनि उजुरीमा उल्लेख छ। सापकोटाले आफूले पढेका कुराको अडियो रेकर्ड गरी काँटछाँट गरेर सार्वजनिक गरिएको र त्यही अडियोका आधारमा बयान दिन दबाब दिइएको आरोपसमेत लगाएका छन्। एआईबाट तयार गरिएका कागजात तथा प्रमाणसमेत आफूलाई फसाउन प्रयोग गर्न खोजिएको उनको दाबी छ। त्यस्तै, आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिको हातमा दिइएको र त्यसमा छेडखानी गरी नभएका प्रमाण सिर्जना गरिएको आरोप पनि उनले लगाएका छन्। घर खानतलासीका क्रममा विदेशी मुद्रा फेला परेको भन्दै मुचुल्का बनाइएको तथा खाली कागजमा श्रीमतीको हस्ताक्षर गराइएको दाबीसमेत उजुरीमा गरिएको छ। आरोप प्रमाणित नहुँदै आफूलाई ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिएर सञ्चारमाध्यममा बदनाम गरिएको भन्दै सापकोटाले मौलिक हक उल्लङ्घन भएको जिकिर गरेका छन्। उनले आफूमाथि भएका भनिएका घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका एक सदस्यका अनुसार सापकोटाकी श्रीमती कविता पाण्डेले आयोगका अध्यक्ष तपबहादुर मगरसँग भेट गरी रुँदै श्रीमान्को जीवनरक्षाको आग्रह गरेकी थिइन्। आयोगको टोलीले हिरासतमा रहेका सापकोटाको अवस्था बुझ्न सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं जाने जनाएको छ। सापकोटा गत असोज १४ गते भारत जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि गत असोज ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। जबरासँगको सम्पर्कका आधारमा सापकोटामाथि अनुसन्धान अघि बढाइएको प्रहरीको दाबी छ। सापकोटासँगको सम्पर्क देखिएको आधारमा प्रहरीले विभिन्न व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। यस प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परिसकेका छन्। सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई समेत सेवाबाट बर्खास्त गरिएको छ। inam-ujuri-2083Download

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आफ्नै देशमा नालापानीको नियति भोग्दै सुकुम्बासी : बालेन सरकारको शासनमा खोसियो नागरिककाे रसद-पानी !
PoliticsJust now

आफ्नै देशमा नालापानीको नियति भोग्दै सुकुम्बासी : बालेन सरकारको शासनमा खोसियो नागरिककाे रसद-पानी !

काठमाडौं, मंसिर ११ । इतिहासमा अंग्रेज सेनाले नेपाली वीर सैनिकलाई आत्मसमर्पण गराउन नालापानी किल्लामा पानीको आपूर्ति बन्द गरेको पीडादायी प्रसङ्ग पढिन्छ। पिउने पानीसमेत नपाएर नेपाली योद्धाहरूले भोग्नुपरेको त्यो यातना आज पनि इतिहासको एउटा कहालीलाग्दो अध्यायका रूपमा जीवित छ। तर विडम्बना ! आज आफ्नै देशमा आश्रय खोजिरहेका नागरिकले समेत खाना र पानीको अभावमा छटपटिनुपर्ने अवस्था सिर्जना भएको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–बोडेस्थित ...

जनताटाइम्स
रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण भोलिदेखि, कर्णालीबाट सभापति लामिछानेले उद्घाटन गर्ने
PoliticsJust now

रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण भोलिदेखि, कर्णालीबाट सभापति लामिछानेले उद्घाटन गर्ने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए । कर्णाली प्रदेशस्तरीय […] ...

काठमाण्डुपाटी
उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति
PoliticsJust now

उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ। समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी रहेका छन् भने सदस्यहरूमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल रहेका छन्। समितिको आज बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष […] ...

काठमाण्डुपाटी
रास्वपाको क्याण्डिडेट क्लब : डा. नमिता यादवदेखि हिमेश पन्तसम्म सदस्य
PoliticsJust now

रास्वपाको क्याण्डिडेट क्लब : डा. नमिता यादवदेखि हिमेश पन्तसम्म सदस्य

काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न क्याण्डिडेट क्लब समिति गठन गरेको छ। समितिका संयोजक कविन्द्र बुर्लाकोटीकाे शिफारिसमा पार्टीले सदस्यहरू मनाेनित गरेकाे हाे । जसमा डा. नमिता यादव, सुलभ खरेल, शिव यादव, पारसमणि गेलाल र हिमेश पन्त सदस्य रहनुभएको छ। क्याण्डिडेट क्लब समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement