Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ: विश्वप्रकाश शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ: विश्वप्रकाश शर्मा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’को सत्यतथ्य सार्वजनिक गर्न संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन् । शर्माले प्रकरणमा उठेका आरोप र प्रश्नहरूको निष्पक्ष तथा पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गर्दै नागरिकले वास्तविकता जान्न पाउनुपर्ने बताएका हुन् । उनले ‘इनम प्रकरण’लाई रहस्यमय घटनाका रूपमा मात्र प्रस्तुत नगरी यससँग जोडिएका सबै विषयको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ,’ उनले भनेका छन् । पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै शर्माले राज्यका निकाय र संसद्ले यस विषयमा गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीलाई प्रश्न गर्दै शर्माले भनेका छन्- ‘इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित बिषयको वास्तविकता के हो प्रधानमन्त्रीजी ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ?’ The post ‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ: विश्वप्रकाश शर्मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पत्रकारका आँखामा गण्डकीका अनेक रङ
Latest NewsJust now

पत्रकारका आँखामा गण्डकीका अनेक रङ

गण्डकीका धार्मिक तथा ऐतिहासिक सम्पदा, पर्यटकीय गन्तव्यदेखि ओझेलमा परेका भूगोलसम्मलाई ‘गण्डकीका शालग्राम’ले समेटेको छ । हिमाल र पहाडप्रति मिथिलावासी लेखकको अनुराग तथा तिनको सौन्दर्य नियाल्ने दृष्टि भने विशिष्ट लाग्छ । ...

कान्तिपुर
बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई
Latest NewsJust now

बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका थिए । शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा... ...

रातोपाटी
कार्टुनिष्ट क्षितिजलाई पितृशोक
Latest NewsJust now

कार्टुनिष्ट क्षितिजलाई पितृशोक

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १२ गते । कार्टूनिस्ट क्लबका अध्यक्ष एवं वरिष्ठ कार्टूनिस्ट बासु क्षितिजलाई पितृशोक परेको छ । उहाँका पिता विष्णुबहादुर श्रेष्ठको ८० वर्षको उमेरम... ...

गोरखापत्र
घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन
Latest NewsJust now

घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन

लमजुङ – गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ/घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर/डुक्रा/डुगुरा) नाच घलेगाउँमा प्रदर्शन गरिएको छ । लमजुङको क्होंलासोथर गाउँपालिका–३ घलेगाउँमा स्थानीयले परम्परागत विधि र संस्कारअनुसार प्ला सेबा नाच प्रस्तुत गरेका हुन् । गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्परासँग जोडिएको नाच […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement