Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इतिहासकार पन्तको ‘राणा लोकार्पण’

Share:WhatsAppFacebookX (Twitter)Telegram
इतिहासकार पन्तको ‘राणा लोकार्पण’
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । इतिहासकार महेशराज पन्तको २२औं पुस्तक ‘राणा : काल, कर्ता र किताब’ लोकार्पण गरिएको छ । नेपालयको आरशालामा आयोजित कार्यक्रममा इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा राणाकालसँग सम्बन्धित २२ वटा अनुसन्धानमूलक लेख समेटिएका छन् । लेखक पन्तले यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखलाई परिष्कार र परिमार्जन गरी पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा इतिहासकार दिनेशराज पन्तले पिता नयराज पन्तले विसं १९९७ मा स्थापना गरेको पाठशाला र संशोधन मण्डलले नेपालको इतिहासको खोज तथा तथ्यगत सुधारमा पुर्‍याएको योगदानबारे चर्चा गर्नुभयो । उहाँले उक्त अनुसन्धान परम्परालाई निरन्तरता दिइरहेका दाजु महेशराज पन्तको प्रशंसा पनि गर्नुभयो । नेपालयका सम्पादक विमल आचार्यले महेशराज पन्तको अनुसन्धान तथा सम्पादन यात्राको चर्चा गर्दै उहाँको पुस्तक प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । महेशराज पन्तले ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गर्नुभएको छ । उहाँका २२ वटा शोधपुस्तक र करिब आठ सय अनुसन्धानमूलक लेख प्रकाशित छन् । दुई सय ८४ पृष्ठको ‘राणा : काल, कर्ता र किताब’ पुस्तकको मूल्य ६७५ रुपैयाँ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इराकमा आठ फ्रान्सेली नागरिकविरुद्ध आजीवन कारावासको फैसला
Latest NewsJust now

इराकमा आठ फ्रान्सेली नागरिकविरुद्ध आजीवन कारावासको फैसला

इस्लामिक स्टेट (आईएस) समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ जना फ्रान्सेली नागरिकलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ। अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने बाँकी १० जनाको फैसला अर्को मितिका लागि स्थगन गरिएको छ। सजाय पाउने १० जना गत वर्ष सिरियाबाट इराक ल्याइएका र गत सेप्टेम्बरदेखि मुद्दा चलाइएका ४७ फ्रान्सेली नागरिकमध्येका हुन्। ... ...

नेपालखबर
१० औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी
Latest NewsJust now

१० औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा टस जितेर पहिले बलिङ गरेको गण्डकीले आर्मीलाई निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७७ रनमा सीमित गरेको थिय । जवाफमा गण्डकी १७ ओभरमा सबै विकेट गुमाएर ११० रनमात्र बनाउन सक्यो। आर्मीका कप्त... ...

नेपालखबर
प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’
Latest NewsJust now

प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’

काठमाडौं । शुक्रबारदेखि देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र ‘सारथी’ र ‘ककाकिकी’ प्रदर्शनमा आएका छन् । कुमार गजुरेल निर्देशित पारिवारिक तथा सामाजिक कथावस्तुको चलचित्र ‘सारथी’ र बिक्की अग्रवाल तथा श्रद्धा प्रसाईं निर्देशित हास्यप्रधान चलचित्र ‘ककाकिकी’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेका छन् । यससँगै दुवै ...

हिमालय टाइम्स
‘एक्का तीन’को शुभमुहूर्त
Latest NewsJust now

‘एक्का तीन’को शुभमुहूर्त

ललितपुर । एक्सनप्रधान चलचित्र ‘एक्का तीन’को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक निर्माण थालिएको हो । शुभमुहूर्त समारोहमा चलचित्रका मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपाली उपस्थित हुनुहुन्थ्यो । यही मंसिर २५ गतेदेखि छायांकन सुरु हुने यस चलचित्रमा सुशील श्रेष्ठ, बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement