विराटनगर।सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी राजमार्गमा पेट्रोल पम्प नजिकै गए राति पौने १२ बजेतिर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्याइएको थियो। चिकित्सकले राति १२ः११ बजे मृत घोषणा गरेका थिए। अन्दाजी ३० देखि ३५ वर्ष उमेरका मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनापछि ट्रक चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इटहरीमा ट्रकको ठक्करले दुई युवकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






