काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बाेलाएकाे छ । चाडपर्वको बिदाका समयमा समेत प्रहरीले ताकेता गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शिवाकोटीले एक घण्टाभित्र साइबर ब्युरो पुग्ने जानकारी दिएका हुन्। उनले आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्ने उल्लेख गरेका छन्। ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु,’ उनले लेखेका छन्।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई बोलायो साइबर ब्युरोले

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






