Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

साहित्यकार मोती शोभा श्रेष्ठका पाँच नयाँ कृति सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
साहित्यकार मोती शोभा श्रेष्ठका पाँच नयाँ कृति सार्वजनिक
Photo / Coverage: नेपालन्युज

काठमाडौं। साहित्यकार मोती शोभा श्रेष्ठका नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा लेखिएका पाँच नयाँ कृति एकैसाथ लोकार्पण गरिएका छन्। कार्यक्रममा वक्ताहरूले बहुभाषिक र विविध विधाका कृतिको प्रकाशनले नेपाली साहित्यलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे। श्रेष्ठका नेपाली भाषाका कथासङ्ग्रह सपनाको उडान र यात्रा संस्मरण यात्राको वेग : अनुभूतिको संवेग लोकार्पण गरिएका छन्। नेपाल भाषामा कथासङ्ग्रह तक्यङ्गु सुका र लघु उपन्यास रङ्गीचङ्गी स्वान छायपियातगु केब सार्वजनिक भए। अंग्रेजी भाषामा लघु उपन्यास Mother Who Named Me Satya लोकार्पण गरिएको छ। लोकार्पित कृतिमाथि वरिष्ठ कथाकार एवं उपन्यासकार भागीरथी श्रेष्ठ र साहित्यकार तथा चित्रकार ज्ञानेन्द्र विवशले टिप्पणी गरेका थिए। सपनाको उडान मा ३८ कथा समेटिएका छन्। मानव जीवन, संवेदना, प्रेम, प्रकृति र समसामयिक सामाजिक विषयलाई कथामा प्रस्तुत गरिएको छ। त्यस्तै, यात्राको वेग : अनुभूतिको संवेग मा विभिन्न स्थानका इतिहास, संस्कृति, रहनसहन र यात्राका अनुभव समेटिएका छन्। नेपाल भाषाको कथासङ्ग्रह तक्यङ्गु सुका मा ६० कथा रहेका छन्। रङ्गीचङ्गी स्वान छायपियातगु केब ले पारिवारिक संरचनामा आएको परिवर्तन, संयुक्त परिवार र अन्तरजातीय मेलमिलापका विषय उठाएको छ। अंग्रेजी लघु उपन्यास Mother Who Named Me Satya मा बालश्रम र बालबालिकाको संरक्षणको सवाललाई प्रस्तुत गरिएको छ। नेपाल सरकारको सहसचिव पदबाट अवकाश पाएकी श्रेष्ठ साहित्यिक तथा सामाजिक गतिविधिमा सक्रिय छिन्। उनले २०७८ सालदेखि साहित्य सिर्जना सुरु गरेकी हुन्। यसअघि उनका नेपाली भाषामा पाँच लघु उपन्यास र दुई कथासङ्ग्रह प्रकाशित भइसकेका छन्। उनका केही कृति नेपाल भाषा र अंग्रेजीमा समेत अनुवाद तथा प्रकाशन भएका छन्। पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार विमल कोइराला प्रमुख अतिथि तथा नेपाली साहित्य स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड
Latest NewsJust now

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग ...

कान्तिपुर
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
Latest NewsJust now

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन् । यस... ...

रातोपाटी
दर्शकले ‘पाँच पाण्डव’ राम्रो लागेको बताउनु भएको छ : हरिवंश आचार्य
Latest NewsJust now

दर्शकले ‘पाँच पाण्डव’ राम्रो लागेको बताउनु भएको छ : हरिवंश आचार्य

काठमाडौं । अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ले राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शक भेट्न र प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले चलचित्र मन पराइरहेको बताएका हुन् । “सिनेमा हेर्न आउनु भएका दर्शकले चलचित्र राम्रो लागेको बताउनु भएको छ । हेर्नेजति दर्शकले सिनेमा मन परेको बताउनु भएको छ,” हरिवंशले भने, “फेमिली ड्रामा सबै परिवारसहित हेर्न मिल्ने चलचित्र भन्नु भएको छ ...

केन्द्रबिन्दु
रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने
Latest NewsJust now

रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play