Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Business/इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

काठमाडौं । इजरायलमा यहुदी र अरब समुदायको सहभागितामा संयुक्त सरकार गठन गर्न माग गर्दै करिब ३०० जनाले प्रदर्शन गरेका छन् । जेरुसेलमको पेरिस स्क्वायर, तेल अभिभको मेसिला पार्क र हाइफाको युनेस्को स्क्वायरमा भेला भएका प्रदर्शनकारीले समावेशी सरकार गठनको माग गरेका हुन् ।

इजरायली दैनिक हारेत्जका अनुसार प्रदर्शनकारीले ‘सबैका लागि स्वतन्त्रता’ र ‘यहुदी–अरब संयुक्त सरकारको पक्षमा’ लेखिएका प्लेकार्ड बोकेका थिए । यसैबीच, इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदा सरकार गठनको समीकरण अनिश्चित देखिएको छ ।

द टाइम्स अफ इजरायलले केन्द्रीय निर्वाचन समितिको आंशिक नतिजालाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ ।

स्थानीय समयअनुसार बुधबार राति ११ः३५ बजेसम्मको विवरणमा करिब ९७.५ प्रतिशत मतदान केन्द्रको ९० प्रतिशत मतगणना सम्पन्न भएको जनाइएको छ । विपक्षी खेमामा रहेका यहुदी नेतृत्वका दलले ४८ सिट प्राप्त गरेका छन् । अरब नेतृत्वका दलले भने १९ सिट प्राप्त गरेका छन् ।

इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । नेतान्याहुको पक्षमा रहेका दलको सिट संख्या बहुमतका लागि आवश्यक ६१ भन्दा कम छ । विपक्षी खेमाका दलसँग संयुक्त रूपमा ६७ सिट भए पनि यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग मिलेर सरकार बनाउन इच्छुक देखिएका छैनन् । यसले विपक्षी पक्षलाई बहुमत जुटाउन कठिन बनाएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा प्रारम्भिक भएकाले अन्तिम मतपरिणामसँगै सिट संख्या परिवर्तन हुन सक्ने जनाएको छ । विशेषगरी दोहोरो खाममा राखिएका मतपत्रको गणना बाँकी रहेकाले अन्तिम परिणाममा फेरबदल हुन सक्ने द टाइम्स अफ इजरायल ले उल्लेख गरेको छ । यस्तो मतपत्रमा सक्रिय सैनिकले खसालेका मतसमेत समावेश हुन्छन् ।

विपक्षी नेता तथा याशार पार्टीका अध्यक्ष गादी आइजेनकोटले निर्वाचन परिणामलाई नेतान्याहु नेतृत्वको सरकारप्रतिको अविश्वासका रूपमा व्याख्या गरेका छन् । उनले सरकार परिवर्तनका लागि आफ्नो प्रयास जारी रहने बताएका छन् ।

‘अक्टोबर ७ को सरकार र सैनिक सेवाबाट बच्ने प्रवृत्तिप्रति जनताले अविश्वास व्यक्त गरेका छन्,’ आइजेनकोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध जियोनिस्ट सरकार गठन गर्ने आफ्नो लक्ष्यसमेत दोहो¥याएका छन् ।

यता, वामपन्थी दल द डेमोक्रेट्सका अध्यक्ष याइर गोलानले सरकार गठनका विषयमा विपक्षी दलका नेताहरूसँग छलफल गर्ने बताएका छन् । उनले बिहीबारदेखि विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने तयारी गरेको जनाए पनि भेट्ने सबै नेताको नाम सार्वजनिक गरेका छैनन् ।

गोलानले याशार पार्टीका अध्यक्ष आइजेनकोट र बियाखादका उपनेता याइर लापिडसहित विपक्षी नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । जियोनिस्ट विपक्षी दलहरूको चारदलीय समूहमा रहेका नेतामध्ये अरब नेतृत्वका दललाई सरकारमा सहभागी गराउने पक्षमा खुला समर्थन जनाउने उनी एक्ला नेता हुन् । च्यानल १२ सँगको अन्तर्वार्तामा गोलानले आइतबारसम्म सबै सम्बन्धित नेतासँग भेट्ने आशा व्यक्त गरेका छन् । विपक्षी दलहरूबीच साझा उद्देश्य रहेको उल्लेख गर्दै उनले इजरायलका नागरिकमा आशा जगाउनु आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् ।

गोलानका अनुसार नयाँ सरकार गठन सुरक्षा चुनौतीको सामना गर्न, वर्तमान सरकारले अघि बढाएको विवादास्पद न्यायिक पुनर्संरचना रोक्न र युवा पुस्तामा देशप्रतिको विश्वास पुनःस्थापित गर्न आवश्यक छ । उनका अनुसार देशको भविष्यप्रति युवामा निराशा बढ्दै गएको छ ।

निर्वाचनको प्रारम्भिक नतिजाले नेतान्याहुको पक्षमा बहुमत नदेखाए पनि विपक्षी दलबीचको मतभेदले नयाँ सरकार गठनको बाटो सहज बनाएको छैन । अन्तिम मतगणना र दलहरूबीचको सम्भावित गठबन्धन वार्ताले इजरायलको आगामी सत्ता समीकरण निर्धारण गर्ने देखिएको छ । एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई
अर्थतन्त्रJust now

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह मध्यको उज्यालो र जुनु रानाको निबन्ध सङ्ग्रह लाहुरेनी सौन्दर्य लाई यस वर्षको विमल गुरुङ कृति पुरस्कार संयुक्त रूपमा प्रदान गरिने ...

अर्थडबली
काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो
अर्थतन्त्रJust now

काठमाण्डौं गोर्खाजले टस जित्यो, जनकपुरलाई बलिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुरलाई बलिङको निम्तो दिए । जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको… ...

आर्थिक न्यूज
निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो :दीपकराज गिरी
अर्थतन्त्रJust now

निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो :दीपकराज गिरी

काठमाडौँ / निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उदेश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् । दशैंलाई लक्षित गर्दै ...

अर्थडबली
कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन
अर्थतन्त्रJust now

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशीत्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनु पर्नेमा जोड दिएको छ। सिंहदरबारमा बुधबार ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play