Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

इजरायलमा नयाँ गठबन्धन सरकार गठनको प्रयास, नेतान्याहु र इसेनकोटबीच वार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलमा नयाँ गठबन्धन सरकार गठनको प्रयास, नेतान्याहु र इसेनकोटबीच वार्ता
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । इजरायलमा नयाँ गठबन्धन सरकार गठनका लागि कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका राजनीतिक प्रतिद्वन्द्वी गदी इसेनकोटबीच पुनः वार्ता सुरु भएको छ । अक्टोबरमा सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल तीव्र बनेको हो । सरकार गठनको विकल्प खोज्दै नेतान्याहु र इसेनकोटबीच वार्ता अघि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । नेतान्याहुको लिकुड पार्टीलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ । निर्धारित समयमा सरकार गठन हुन नसके थप १४ दिन समय पाउने व्यवस्था छ । तर, नयाँ सरकारमा कुन दललाई सहभागी गराउने भन्ने विषयमा राजनीतिक मतभेद देखिएको छ । अतिवादी अर्थोडक्स यहुदी दललाई गठबन्धनमा समेट्ने, अरब दललाई सहभागी गराउने वा लिकुड पार्टीसँग राष्ट्रिय एकताको सरकार बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । लिकुड पार्टीले नेतान्याहुकै नेतृत्वमा गठबन्धन सरकार गठन गर्न विभिन्न सर्त अघि सारेको छ । प्यालेस्टिनी राज्य स्थापनाको विरोध, गाजा, सिरिया र लेबनानमा इजरायली नियन्त्रण कायम राख्ने तथा सैनिक सेवासम्बन्धी विषयलाई पनि वार्ताको प्रमुख एजेन्डा बनाइएको छ । तर, इसेनकोटले नेतान्याहुको नेतृत्वमा सरकारमा सहभागी हुन अस्वीकार गर्दै आएका छन् । वार्ता निष्कर्षमा पुग्न नसके विपक्षी दलहरू मिलेर आपत्कालीन राष्ट्रिय सरकार गठन गर्नुपर्ने विकल्पसमेत उनले अघि सारेका छन् । यससँगै इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको शक्ति समीकरण थप जटिल बनेको छ । गठबन्धन निर्माणमा सहमति जुट्न नसके देशमा राजनीतिक अनिश्चितता लम्बिने देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु
Latest News6h ago

भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् । ...

कान्तिपुर
एक्जिम बैंकको सर्तले १० वर्षदेखि रोकियो ३९ क्याम्पसको पुनर्निर्माण
Latest News6h ago

एक्जिम बैंकको सर्तले १० वर्षदेखि रोकियो ३९ क्याम्पसको पुनर्निर्माण

१० वर्षअघि भएको सम्झौता कार्यान्वयन नहुँदा भूकम्पले क्षति पुर्‍याएका त्रिविका भवन अझै जीर्ण, जोखिमपूर्ण भवनमै पठनपाठन ...

कान्तिपुर
शार्क ट्यांक नेपाल’ सिजन २ मंसिर १६ गतेदेखि प्रसारण हुने
Others6h ago

शार्क ट्यांक नेपाल’ सिजन २ मंसिर १६ गतेदेखि प्रसारण हुने

नेपालको चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ को दोस्रो सिजन आगामी मंसिर १६ गतेदेखि प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनबाट उत्पादन तथा प्रसारण हुँदै आएको यो शो हरेक बुधबार र बिहीबार राति ८ बजे प्रसारण हुनेछ । डिसेम्बर २, २०२६ देखि सुरु हुने दोस्रो सिजनमा नेपाली उद्यमशीलता, नवीन व्यावसायिक सोच र लगानीका सम्भावनालाई… ...

अनलाइन खबर
प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई
Latest News6h ago

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १ सय रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक संघ, नेपालले प्रदान गर्नेछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement