Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ । पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघलगायतका संस्थाले सहयोग गर्दै आएका छन् । प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण पछि सार्वजनिक गरिने आयोजक सहाराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ । प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‌याउने अपेक्षा गरिएको अध्यक्ष थापाले बताए । “आहा रारा गोल्डकप राजधानी बाहिरको सबैभन्दा पूरानो फूटबल प्रतियोगिता हो । विसं २०५८ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । आगामी संस्करण समेत भव्य र व्यवस्थित सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौँ”, अध्यक्ष थापाले भ सहाराले फुटबल प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमले फुटबल एकेडेमी सञ्चालन गरेको छ । पोखरा–१७ दोविल्लामा रहेको एकेडेमीमा हाल देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकले आवाससहित शिक्षा र फुटबलको प्रशिक्षण लिँदै आएका छन् ।रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षासँगै हिउँ पर्ने सम्भावना
ताजा खबरJust now

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षासँगै हिउँ पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले नेपालमा आगामी तीन दिनको मौसम सामान्य नै रहने जनाएको छ।  तर, आउँदो बुधबार (कार्तिक ११) गतेदेखि १५ गतेसम्म भने नेपालमा पनि हिउँ र पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।  शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखले भनेको छ, ‘आगामी तीन दिनको मौसम सामान्य नै रहने ... ...

नेपालखबर
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
ताजा खबरJust now

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन... ...

रातोपाटी
जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते
ताजा खबरJust now

जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली चल्दा ७ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाण्डु – जोर्डनको काराक क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। जोर्डनका अधिकारीहरूले घटनालाई चरमपन्थीसँग जोड्दै अनुसन्धान अघि बढाएका छन्। बीबीसीकाअनुसार, घटनापछि अस्पताल र चर्च आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। आफन्त गुमाएका परिवारका सदस्यहरू शोकमा डुबेका छन्। अस्पताल परिसरमा […] ...

काठमाण्डुपाटी
देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
ताजा खबरJust now

देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन

बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play